धरौटी बुझाउन नसकेपछि कलाकार तथा निर्मात्री प्रज्ञा जोशी जेल चलान

धरौटी बुझाउन नसकेपछि कलाकार तथा निर्मात्री प्रज्ञा जोशी जेल चलान

इटहरी, १५ बैशाख। कलाकार तथा निर्मात्री प्रज्ञा जोशी जेल चलान भएकी छिन । जग्गा दिने भन्दै ५० लाख ठगी गरेको आरोपमा इटहरीबाट पक्राउ परेकी जोशी ४० लाख धरौटी बुझाउन नसकेपछि जेल चलान भएकी हुन ।

लामो समय देखि इटहरीमा लुकिछिपि बस्दै आएकी जोशीलाई इटहरी प्रहरीले पक्राउ गरेको हो । केही साता अघि इटहरी प्रहरीले पक्राउ गरेको थियो । सुबर्ण कुमारी श्रेष्ठले आफुलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डौमा दिएको उजुरीको आधारमा कलाकार जोशीलाई पक्राउ गरीएकाे प्रहरीले जनाएकाे छ ।

४० हजार धरौटी बुझाउन नसके पछि कलाकार जोशी जेल चलान भएकी प्रहरीले जनाएको छ । उनले ५० लाख भन्दा बढी बाउन्स चेक दिएर ठगी गरेको महानगरीय अपराध अनुसन्धान महाशाखामा  उजुरी परेको थियो । कलाकार जोशी विभिन्न समयमा आर्थिक विवादमा पदै आएकी छिन् । सञ्चार पाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्