विराटनगरका सौन्दर्यकर्मी महिलाद्धारा वृद्धा आश्रममा फलफुल तथा भाेजन वितरण

<span class='c1'>विराटनगरका सौन्दर्यकर्मी महिलाद्धारा वृद्धा आश्रममा</span> <span class='c2'>फलफुल तथा भाेजन वितरण</span>

विराटनगर, १५ वैशाख । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटिले विराटनगरको जागृति महिला बृद्धाआश्रमका वृद्धाआमाहरुलाई फलफुल तथा भोजन गराएका छन् ।

मातातीर्थ औँसीको अवसरमा आश्रममा रहेका एक दर्जन वृद्धा आमाहरुको फलफुल तथा भोजन गराउँदै केक काटेर समेत खुवाएका थिए । मातातीर्थ औसीको अवसर पारेर वृद्धा आमाहरुलाई फलफुल तथा भोजन गराईएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगर कमिटिकी अध्यक्ष सायदा तबस्सुमले जानकारी दिर्एन् ।

विराटनगरको पुष्पलाल चोकमा रहेको महिला जागृति वृद्धाआश्रमका आमाहरुको नङ, कपाल काटेर श्रृङ्गारका सामान समेत प्रदान गरेका थिए । सौन्दर्यकलाकर्मीहरुले आश्रममा रहेका आमाहरुसँग बसेर नाचगान समेत गरेर बृद्धाआमाहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

आमासेवा नाम दिईएको कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) महानगर कमिटि उपाध्यक्ष कला डाँगी, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी पूर्व जिल्ला अध्यक्ष ललिता धिमाल , सचिव सुमि राई लगायत कमिटिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्