विराटनगरमा युथ युनिटी अफ नेपालले गर्यो सरसफाई

विराटनगरमा युथ युनिटी अफ नेपालले गर्यो सरसफाई

विराटनगर,१५ वैशाख । विराटनगर महानगरपालिका रानीमा रहेको युथ युनिटी अफ नेपालले सरसफाई अभियान शुरु गरेको छ ।

आफ्नो गाँउ–छरछिमेक आफै सफा गराैँ भन्ने मुल नाराका साथ युथयुनिटीले सरसफाई शुरु गरेको हो ।
विराटनगर महानगरपालिका १७ स्टार चाेकदेखि भन्सार कार्यालयसम्म तथा भित्री सडक गल्लीहरुमा सरसफाइ गरिएको संस्थाका सचिव ईम्तियाज आलमले जानकारी दिए । गाँउघरमा जता –ततै फोहोर मैला हुन थालेपछि सम्पुर्ण टोलवासी र सस्थामा आवद्ध पदाधिकारीहरु मिलेर सरसफाई गरेको उनले बताए ।
संस्थामा आवद्ध युवाहरु मिलेर चोकमा फोहोर मैला जम्मा गर्ने डस्टविन खरिद गरेर राखेको आलमले जानकारी दिए।

संस्थाका उपाध्यक्ष जाफर एकवालले युवाहरुको साथ र सहयोगले विकासका कामलाई समाजमा अझबढि प्रभावकारी बनाउन सकिने स्पष्ट पारे । यसरी नै आगामी दिनममा पनि निरन्तर सरसफाईलाई अगाडी बढाउँदै लैजाने संस्थाका संस्थापक सदस्य मो.तनवीर आलमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्