सगरमाथा सफाइ अभियानका क्रममा ४ वटा शव भेटिए

सगरमाथा सफाइ अभियानका क्रममा ४ वटा शव भेटिए

साेलुखुम्बु, १६ बैशाख । विश्वको सर्वोच्च शिखर सगरमाथा सफाइ अभियानका क्रममा ४ वटा शव भेटिएका छन् ।

सगरमाथा सफाइ अभियान अन्तर्गत सगरमाथाको बेस क्याम्प पुगेको टोलीले सफाइका क्रममा ४ वटा शव भेटेको हो ।

सगरमाथा सफाइ अभियानमा जुटेको टोलीले सफाइको क्रममा हालसम्म ४ वटा शव भेटिएको जानकारी प्राप्त भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । वैशाख १ गतेबाट सुरु गरिएको सफाइ अभियान सगरमाथाको बेस क्याम्पमा पुगेको छ ।

नेपाल सरकार, खुम्बु पासाङ गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदुषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले गएको वैशाख १ गतेबाट सगरमाथा सफाइ अभियान सुरु गरेको हो । अभियान अन्तर्गत हालसम्म ३ हजार केजी फोहोर संकलन गरिएको र त्यसमध्ये करिब एक हजार केजी फोहोर हेलिकप्टरमार्फत् काठमाण्डौ लगिएकाे पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

अभियानले ४५ दिनभित्र सगरमाथाको फोहोर संकलन गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ । सफाइ अभियानमा १२ जना जनशक्ति परिचालन गरिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार कार्यक्रम सम्पन्न गर्नका लागि करिब दुई करोड ३२ लाख १६ हजार लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्