विराटनगरमा सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं १ काे पहिलाे एकता अधिवेशन शुरु

विराटनगरमा सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं १ काे पहिलाे  एकता अधिवेशन शुरु

विराटनगर, १६ वैशाख । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले दुई ठूला पार्टीका कारण सङ्घीयता कार्यान्वयनमा अवरोध सिर्जना गरिएको आरोप लगाएका छन् ।  यातवले मधेश आन्दोलन तथा अन्य आन्दोलनको कारण नेपाली काङ्ग्रेस र नेकपाले बाध्य भएर मात्र सङ्घीयता स्वीकार गरेको आराेप लगाए ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका  यादवले सङ्घीयताअनुसार निर्माण गरिएको प्रदेश सरकारको अधिकारमा समेत कटौती गरिएको बताए  ।  सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं १ प्रथम राष्ट्रिय एकता अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष यादवले  ठूला पार्टीले एकल जातिय सोचबाट बाहिर निस्केमा मात्र सङ्घीयताको प्रभावकारी कार्यान्यव हुने प्रष्ट पारे।

पार्टीका वरिष्ठ नेता अशोक राईले सङ्घीयतालाई बलियो बनाउन पुनः एक पटक आन्दोलनको आवश्यकता भएको बताए । उनले सङ्घीयता र समाजवादबाटै मुलुकका सबै समस्या समाधान हुने र उत्पादन वृद्धिका साथै न्यायपूर्ण वितरण प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए । दुई दिनसम्म चल्ने  अधिवेशनमा प्रदेशअन्तर्गतका १४ जिल्लाका पार्टी प्रतिनिधिको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्