नयाँ शक्ति बिद्यार्थी युनियन महेन्द्र मोरङ ईकाई अध्यक्षमा खवास निर्वाचित

नयाँ शक्ति बिद्यार्थी युनियन महेन्द्र मोरङ ईकाई अध्यक्षमा खवास निर्वाचित

विराटनगर, १६ बैशाख ।
नयाँ शक्ति बिद्यार्थी युनियनको महेन्द्र मोरङ क्याम्पस ईकाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले तरुण बिक्रम खवासको अध्यक्षतामा ३१ सदस्यीय समिति निर्वाचित गरेको छ ।

नयाँ शक्ति बिद्यार्थी युनियनले बिद्यार्थीहरुलाई संगठित गर्नको लागि सम्मेलनको आयोजना गरेको हो । सम्मेलनलाई सम्बोधन गर्दै युनियनका प्रदेश संयोजक कमल पोखरेलले अबको बिद्यार्थी आन्दोलन रचनात्मक रुपमा अगाडी बढ्नु पर्ने बताए । उनले हरेक बिद्यार्थीहरु आन्दोलनको रुपमा मात्र अगाडी सार्ने प्रबृतिहरु पुरानै भएको उल्लेख गर्दै अब त्यस्ता बिध्वंश र हिंसात्मक आन्दोलन भन्दा बाहिर आएर रचनात्मक, सिर्जनशिल र जागरुक भएर लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथी नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य उमेश थापाले पुराना राजनीति पार्टीहरु बैचारिक रुपमा कमजोर हुँदै गएको आरोप लगाउँदै अब बिद्यार्थीले नयाँ कुराको खोजी गर्दै जानु पर्ने बताए ।

युनियनको नवगठित ईकाई समितिको उपाध्यक्षमा रिजेन राई, सन्देश बराकोटी, सचिवमा साहिल झा, सहसचिवमा अमित मुखिया, पबित्रा श्रेष्ठ, अनुप कटुवाल रहेका छन । त्यस्तै कोषाध्यक्षमा पार्वती केसी निर्वाचित भएको नव निर्वाचित अध्यक्ष खवासले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्