जन्ती बाेकेकाे जिप दुर्घटनामा, ५ जनाको घटनास्थलमै मृत्यु

जन्ती बाेकेकाे जिप दुर्घटनामा, ५ जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ , १६ बैशाख । पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ७ मित्यालमा भएको जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।

लु १ ज १९४१ नम्बरको जिप गुघुरीभीरमा जन्तीसहित दुर्घटना भएको हो । ६ जना जन्ती बोकेर गएको मध्ये ५ जनाको मृत्यु भएको खबर आफूले प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी कृष्णराज सापकोटाले  बताए । जिप गुघुरीभीरबाट ३५० मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्