सिमा विवाद सांसदको टाउको दुखाई, उदयपुरका सांसद भन्छन् ‘तत्काल बैज्ञानिक ब्यवस्थापन होस्’

<span class='c1'>सिमा विवाद सांसदको टाउको दुखाई, उदयपुरका सांसद</span> <span class='c2'> भन्छन् ‘तत्काल बैज्ञानिक ब्यवस्थापन होस्’</span>

विराटनगर, १६ बैशाख ।
पछिल्लो समय प्रदेश १ सभामा सिमा विवादका कुरा चर्किएर आउन थालेको छ । प्रदेश सभा बैठकमा बोल्ने उदयपुरकी सांसद अम्बिका थापाले उदयपुरमा सिमा विवाद समस्याको रुपमा रहेको सुनाईन् ।  बेलका नगरपालिका र बराह नगरपालिकामा सिमाना कायम गर्न विवाद रहेको थापाले बताईन ।

उनका अनुसार बेलका र सप्तकोसी नगरपालिका, उदयपुर नगरपालिका र सिरहाको सिमाना जोडिएका सबै स्थानीय तहहरुमा विवाद रहेको छ । अन्तर स्थानीय तह, अन्तर जिल्ला, र अन्तर प्रदेश बिचको सिमानाका विवाद कायम नुहँदासम्म समस्या रही रहने सांसद थापाले सदनलाई जानकारी गराईन् ।

केही दिन अगाडी मात्र उदयपुरका सांसद नारायण बहादुर मगरले उदयपुर र साबिकको त्रिबेणी र पञ्चावती गाबिसका भागहरु २ नम्बर प्रदेशको सिराहाले दाबी गर्दै आएको बताएका थिए । सडक,शिक्षा, र त्यहाँको नागरिकको मागका आधारमा योजना तथा कार्यक्रम त्यहाँ लग्नु पर्ने बताएका हुन् ।

सांसद थापाले सिमाको विषयमा देखिएको समस्यालाई तत्काल सम्बोधन नगर्ने हो भने ठुलो समस्या आउने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराईन् । ‘पहिले पनि सप्तकोशी धार जता बग्यो उत्तै सिमाना कायम भएको घटना छ, सांसद थापाले भनिन, अब तत्काल प्रदेश सरकारले यसको बैज्ञानिक ब्यवस्थापन गरोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्