विराटनगरमा अपाङ्गगता भएका १६ जनाकाे मुहारमा खुशी, प्रतिभाले पाईन् कृतिम हात

विराटनगरमा अपाङ्गगता भएका  १६ जनाकाे मुहारमा खुशी, प्रतिभाले पाईन् कृतिम हात

प्रेम देवान
विराटनगर, १६ वैशाख । पाँचथरको आङ्लाबुङबाट  विराटनगर आएकी १७ वर्षिया प्रतिभा आङम्देम्वे सोमबार निकै खुशी देखिन्थिन् । यसको एउटै कारण थियो १७ बर्षपछि कृतिम हात प्राप्त गर्नु । कक्षा ११ मा पढ्दै गरेकी प्रतिभा मामा माईजुको साथमा विराटनगर आएकी हुन् । प्रतिभाले विराटनगरमा समुदायमा आधारित पुनःस्र्थापना केन्द्र (सीवीआर) विराटनगरले आयोजना गरेको एक कार्यक्रमा कृतिम हात प्राप्त गरेकी छिन् ।

१७ वर्षपछि कृतिम हात पाएपछि खुशी व्यक्त गर्दै उनले आफुलाई निक्कै खुसी लागेको सुनाईन् । ‘जसको कारण म अब केही गर्न सक्छु, उनले भनिन्, मलाई अरुले हेर्ने दृष्टिकोण पनि अब बदलिनेछ, मैले दुवै हात भएको जस्तै महशुस गरेकी छु ।’
उनको देब्रे पट्टीको हातको आधा भाग जन्मदै थिएन । केदारमल तोदी निजी ट्रष्ट र सीवीआर विराटनगरको संयुक्त आर्थिक तथा प्राविधिक सहयोगमा प्रतिभा जस्तै अन्य १६ जना अपाङ्गगता भएका व्यक्तिहरुले कृतिम सामाग्री प्राप्त गरेका छन् ।
अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष गरी खडा फ्रेम, वाकर, ट्राईसाइकल, आंशिक हात र खुट्टा लगायतका ११ प्रकारका सहयोग सामाग्री विरतरण गरिएको थियो । सिविआर विराटनगरले झापा, पाँचथर, मोरङ, सुनसरी, उदयपुर र सप्तरी लगायतका जिल्लाबाट आएका अपाङ्गता भएका ब्यक्तिहरुलाई सामाग्री वितरण गरेको हो ।
कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालले अपाङ्गता भएका व्यक्तिहरुको विषयमा मन्त्रालयले विभिन्न गतिविधिहरु गरिरहेको बताए । अपाङ्गताको बिषयमा अध्ययन गर्न बनेको कार्यदलले प्रतिबेदन समेत बुझाएको जानकारी दिँदै सहयोग सामाग्रीको विषयमा पनि चाँडै निर्णय गरिने स्पष्ट पारे । केदारमल तोदीले सहयोग सामाग्री खरिदका लागि सीवीआरलाई नियमित रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । सहयोग सामाग्री खरिदका लागि केदारमल तोदी ट्रष्टले २ लाख रुपैयाँ प्रदान गरेको अध्यक्ष स्नेहा पोखरेलले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्