नेपाली सेनाले मात्र प्रयोग गर्ने ‘एम १६’ आधुनिक हतियार कसरी पुग्याे बक्राहा खाेलामा ?

नेपाली सेनाले मात्र प्रयोग गर्ने ‘एम १६’ आधुनिक हतियार कसरी पुग्याे बक्राहा  खाेलामा ?

विराटनगर,१६ वैशाख । नेपाली सेनाले मात्र प्रयोग गर्ने आधुनिक हतियार ‘एम १६’ नुनसरी-बक्राह खोला किनारमा फेला परेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका- ६ नुनसरी बक्राह खोलामा खिया लागेको अवस्थामा नेपाली सेनाले प्रयोग गर्ने एम १६ राइफल, म्यागजिन र ६ राउण्ड गोली फेला परेको हो ।

खोलाबाट ढुंगागिटी उत्खनन गरिरहेको स्काभेटरले नदिजन्य बस्तु निकाल्ने क्रममा हतियार भेटेपछि प्रहरीलाई खबर गरेको थियो । मधुमल्लाबाट पुगेको प्रहरीले आइतबार खिया लागेको अवस्थाको हतियार फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्