ईण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावाद विजयी

<span class='c1'>ईण्डियन प्रिमियर लिग (आईपीएल)</span> <span class='c2'>क्रिकेटमा सनराईजर्स हैदरावाद विजयी</span>

काठमाडौं, १७ बैशाख । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावाद विजयी भएको छ ।

राजिब गान्धी क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा घरेलु टोली हैदरावादले पन्जाबलाई ४५ रनले पराजित गरेको हो । हैदरावादले दिएको २ सय १३ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

पन्जाबका लागि लोकेश राहुलले ७९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै पन्जाबमा मायांक अग्रवालले २७ तथा निकोलस पुरनले २१ रन बनाए । सिम्रन सिंह १६ रनमा आउट हुँदा डेभिड मिल्लर ११ रनमा आउट भए ।

हैदरावादका खलील अहमेद र राशिद खानले ३/३ विकेट लिए । सन्दीप शर्माले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभर खेल्दै ६ विकेट गुमाएर २१२ रन बनाएको थियो ।

हैदरावादका लागि डेभिड वार्नरले ८१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मनिस पाण्डेले ३६, रिद्दिमान शाहले २८ तथा मोहमद नाभीले २० रन बनाए ।

पन्जाबका मोहमद सामी र रविचन्द्र आश्विनले २/२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्