सल्बलाए सांसद, स्थायी राजधानी कहाँ प्रस्ताव गर्ने भन्ने विषयमा छलफल सुरू

सल्बलाए सांसद, स्थायी राजधानी कहाँ प्रस्ताव गर्ने भन्ने विषयमा छलफल सुरू

विराटनगर, १७ बैशाख ।  स्थायी राजधानी तोक्ने प्रक्रिया अघि बढिरहँदा संसोधित प्रदेशसभा नियमावलीको अनुसूची ८ मा उल्लेखित व्यवस्थाले राजधानी कहाँ प्रस्ताव गर्ने भन्ने विषयमा छलफल सुरू भएको छ । उक्त अनुसूचीमा ‘प्रदेश राजधानीका लागि प्रस्तावित स्थान/क्षेत्र’ भनी उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रदेशसभा नियमावली (पहिलो संसोधन) २०७५ को अनुसूची ८ मा प्रदेशको स्थायी राजधानी कुनै स्थान वा क्षेत्रमा प्रस्ताव गर्न सकिने व्यवस्था छ ।

खास भूगोललाई समेटिएको बृहत् विराट क्षेत्र विकास विधेयकमाथि परेका संसोधन प्रस्तावलाई प्रदेशसभा बैठकमै छलफल गरेर एकैदिनमा पारित गरिएपछि राजधानी तोक्ने विषयमा दलहरूबीच चासो बढेको हो ।

बृहत् विराट क्षेत्र विकास विधेयक आगामी बिहीबारभित्रै प्रमाणीकरण भएमा राजधानीको प्रस्ताव प्रस्तुतकर्ता सांसदलाई विराट क्षेत्रलाई नै राजधानी तोक्ने गरी प्रस्ताव पेश गर्न बाटो खुल्नेछ ।

प्रदेश १ मा धनकुटा, धरान, इटहरी र विराटनगरका राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यापारीहरूले स्थायी राजधानी घोषणाका लागि राजनीतिक तहबाट पहलकदमी गरिरहेका छन् ।

अनुसूची ८ मा स्थानका साथै क्षेत्रलाई समेत राजधानी प्रस्ताव गर्न सकिने व्यवस्थाले भने राजधानी मागिरहेका प्रमुख चार सहरमा स्थायी राजधानीको बहसले अर्को मोड लिने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्