नागरिकता संशोधन विधेयक तत्काल खारेज गर्न सरकारलाई दबाब दिँदै प्रदर्शन

नागरिकता संशोधन विधेयक तत्काल खारेज गर्न सरकारलाई दबाब दिँदै प्रदर्शन

काठमाडाै, १७ बैशाख ।
नागरिकता संशोधन विधेयक तत्काल खारेज गर्न सरकारलाई दबाब दिँदै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
राष्ट्रिय जनमोर्चा, नेकपा मालेलगायतका साना बामराजनीतिक दलहरु आवद्ध ‘नागरिकता विधेयकविरुद्धको संघर्ष समन्वय समिति’ले संघीय संसदमा विचाराधिन नागरिक संशोधन विधेयक तत्काल खारेज गर्न माग गर्दै सरकारविरुद्ध काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म ¥यालीसहितको प्रर्दशन गरेको हो ।

प्रर्दशनका क्रममा नयाँ बानेश्वर पुगेका प्रर्दशनकारीहरुले सो नागरिकता संशोधन विधेयक जलाउने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले हस्तक्षेप गरेपछि केहीबेर प्रहरी र प्रर्दशनकारीबीच ठेलमठेलसमेत भएको थियो । त्यस क्रममा डिएसपी गोविन्दनाथ काफ्लेको टाउकोमा एक प्रर्दशनकारीले लाठी प्रहारसमेत गरेका थिए ।

प्रर्दशनपछि आयोजित कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालीहरुलाई अल्पमतमा पार्ने गरी भारतीयहरुलाई नागरिकता वितरण गर्ने गरी ल्याइएको राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गर्नु परेको बताए । उनले सरकारले ल्याएको सो विधेयक मुलुकको लागि कलंक भएको उल्लेख गर्दै त्यसलाई जलाउँदा सुरक्षाकर्मीहरु किन रिसाएको ? भनि प्रश्न पनि गरे ।
नेकपा मालेका महासचिव सिपी मैनालीले गैर नेपालीहरुलाई सहजै नागरिकता दिने सरकारको राष्ट्रद्रोही कदमविरुद्ध आन्दोलन सुरु गरिएको बताए ।
प्रर्दशनकारीहरुले भारतीयहरुलाई नागरिकता दिने गरी सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन परिपत्र गरेकोमा पनि आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्