मन्त्रीका छोरा अमेरिकामा आईटी ब्यवसायी, एनसीसीको युथ कोअर्डिनेटरमा उम्मेदवारी

मन्त्रीका छोरा अमेरिकामा आईटी ब्यवसायी, एनसीसीको युथ कोअर्डिनेटरमा उम्मेदवारी

विराटनगर, १७ बैशाख ।
प्रदेश १ सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियतका छोरा (एनआरएनए) एनसीसीको युथ कोअर्डिनेटरमा उम्मेदवारी दर्ता गराएका छन् । अमेरिकामा रहेका युवा व्यवससायी प्रितम कुसियतले उम्मेदवारी दिएका हुन् ।

विगत लामो समयदेखि टेक्नोलोजी व्यवसायमा संलग्न रहँदै आएका कुसियतले युवा नेतृत्वमा आफ्नो दावी प्रस्तुत गरेका हुन् । कुसियत भन्छन्, ‘युवा व्यवसायी र युवा टेक्नोक्र्याटलाई एनआरएन अभियानमा संलग्न गराउने र युवा प्राज्ञिक व्यक्तित्वलाई समेत एकाकार गराउन आफ्नो मेरो उम्मेदवारी हो ।’

उनको उम्मेदवारीसँगै छरिएर रहेका युवा ब्यवसायी उत्साहित भएका छन् । युथको अर्डिनेटरका प्रत्याशी कुसियतले अमेरिकाभर छरिएर रहेका युवा वर्गमा रहेको प्राज्ञिकता र व्यवसायिकतालाई जोड्न एनआरएनले अभियान थाल्नु पर्ने बताए ।
उनले अमेरिकी ठुला टेक इन्डष्ट्रिजसँगको सहकार्यमा युवा वर्गलाई अगाडि बढाउने दाबी गरेका छन् । विगत एक दशकदेखि आफ्नै सफ्टवेयर कम्पनीमार्फत विलियन डलरका अमेरिकी कम्पनीसँग सहकार्य गरिरहेका कुसियतले आफु एनआरएनमार्फत युवा वर्गमा जोडिन चाहेको बताए ।
युएसए आईटी कर्पेरेशनका मालिक कुसियतले २४ वर्षकै उमेरमा आफ्नो कम्पनी स्थापना गरेका हुन् । उनले धेरै नेपालीलाई रोजगारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्