भ्रष्टाचार नियन्त्रण अभियानमा साईकल यात्रा, खाेटाङबाट शुरु साईकल यात्रा विराटनगरमा

<span class='c1'>भ्रष्टाचार नियन्त्रण अभियानमा साईकल यात्रा,</span> <span class='c2'>खाेटाङबाट शुरु साईकल यात्रा विराटनगरमा</span>

प्रेम देवान
विराटनगर, १७ वैशाख । ‘भ्रष्टाचारमुक्त समाजको निर्माण गरौँ–धार्मिक तथा पर्यटनको प्रवद्र्धन गरौँ’ भन्ने उदेश्यका साथ शुरु भएको साईकल यात्रा बिराटनगर आईपुगेको छ । भ्रष्टाचार नियन्त्रण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ साइकल यात्रामा निस्किएका खोटाङको मझुवागढी नगरपालिका–४ का कर्ण श्रेष्ठ मंगलवा बिराटनगर आईपुगेका हुन् ।
गत चैत्र ३ गते घरबाट निसिएका श्रेष्ठले प्रदेश नम्बर १ का १४ वटै जिल्लाको यात्रा गरिसकेको दाबी गरेका छन् ।
मंगलबार विराटनगर आईपुगेका श्रेष्ठले विराटनगरका संचारकर्मीहरुसँग साक्षात्कार गरेका छन् । श्रेष्ठले प्राकृतिक स्रोत साधनको सही ढङ्गले प्रयोग गर्न सके मुलुकलाई नै फाईदा पुग्ने बताए । प्राविधिक शिक्षा तथा रोजगारमूलक शिक्षा लागू गर्नसके आफै आत्मनिर्भर भएर परजीवी हुन नपर्ने स्पष्ट पारे ।
‘मुलुकमा बढ्दो भ्रष्टाचारलाई सबैभन्दा पहिला जरैदेखि निर्मूल पार्नुपर्छ उनले भने, धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवद्र्धन गर्न सके आन्तरिक पर्यटन पवद्र्धनमा बढवा दिन सकिने छ ।’
क्याम्पस र विद्यालयहरूमा पढाइने पाठ्यक्रम नै परिवर्तन गरी रोजगारमूलक पाठ्यक्रम लागू गर्नुपर्ने बताएका उनले स्थानीय तहबाट भ्रष्टाचारमुक्त समाजको निर्माण र पर्यटनको प्रवद्र्धन गर्नुपर्ने अभियानकर्ता श्रेष्ठले बताए ।
उनले विराटनगर महानगरपालिका, महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगर र जिल्ला प्रशासन कार्यलय र विराटनगरका संचारकर्मीलाई आफ्नो अभियानबारे जानकारी गराएका छन् ।

प्रदेश नं.१ को यात्रापछि भोलीबाट क्रमशः २ नं. प्रदेश हुँदै ३, ४, ५, ६ र ७ नं. प्रदेश पुग्ने योजना रहेको अभियानकर्ता साईकल यात्री श्रेष्ठले बताए । प्रदेश १ बाट शुरु भएको साईकल यात्रा ७ वटा प्रदेशको ७७ वटै जिल्लाका विभिन्न स्थानीय तह, जिल्ला प्रशासन कार्याल, क्याम्पस तथा विद्यालयहरूमा पुगि अभियानको बारेमा जानकारी गराउने जानकारी दिए ।
श्रेष्ठलाई साइकल मोह 
साईकल यात्री कर्ण श्रेष्ठलाई अन्य सवारी साधान भन्दा साईकल नै मन पर्ने बताए । स्वास्थ्यका लागि र साइकलको महत्व बुझाउनका लागि पनि साइकल रोजेकोे श्रेष्ठले उल्लेख गरे । अन्य सवारी साधनभन्दा फरक र आर्थिक भार नपर्ने भएकाले साइकलबाट नै अभियानको यात्रा प्रारम्भ गरेको उनले सुनाए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्