मन्त्री परिषदको निर्णयः धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय र यातायता सेवा केन्द्र स्थापना

<span class='c1'>मन्त्री परिषदको निर्णयः धनकुटामा मुख्यमन्त्रीको सम्पर्क</span> <span class='c2'>कार्यालय र यातायता सेवा केन्द्र स्थापना</span>

विराटनगर, १७ बैशाख ।
मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा स्थापना गरिने भएको छ । आज प्रदेश १ सरकार मन्त्री परिषदको बैठकले सम्पर्क कार्यालय धनकुटामा राख्ने निर्णय गरेको हो ।

प्रदेशको नाम र राजधानीको बिषय टुङ्गो लाग्ने मुखैमा मन्त्री परिषदले यस्तो निर्णय गरेको हो । हाललाई क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहने ब्यवस्था गरिएको सरकारका प्रवक्ता हिक्मत कुमार कार्कीले जानकारी दिए
त्यस्तै धनकुटामा नै यातायात ब्यवस्था कार्याको सेवा कार्यालय समेत संचालन गर्ने निर्णय गरेको छ । सेवा कार्यालय मार्फत धनकुटा सहित तेह्रथुम, भोजपुर र संखुवासभाको कार्यक्षेत्र तोकिएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।
लामो समय पछि बसेको मन्त्री परिषदको बैठकको १३ वटा कार्यसुचीहरुमा छलफल पछि निर्णयमा पुगेको हो । चैतसम्म मात्र म्याद रहेको कानुन तथा मस्यौदा समितिको म्याद थप गरी असार मसान्तसम्मको लागि तोकिएको छ ।

त्यस्तै बिभिन्न प्रदेशका मन्त्रालयमा संघबाट पदस्थापन भएर आएका कर्मचारीहरु ८ तहसम्मलाई सम्बन्धित मन्त्रलयले ब्यवस्थापन गर्ने र सो भन्दा माथिका तहका कर्मचारीको सन्दर्भमा मुख्यमन्त्रीको कार्यालयले ब्यवस्थापन गर्ने गरी कर्मचारी पुनस्थापन तथा सरुवा सम्बन्धि कार्यबिधिलाई स्वीकृत प्रदान गर्ने मन्त्री परिषदले निर्णय गरेको छ ।
त्यस्तै प्रदेशमा जाँचबुझ आयोग गठन गर्नु पर्ने अबस्थामा त्यसको लागि कानुन बनाउने बारेमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत प्रदान गरेको समेत आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।

[caption id="attachment_83906" align="alignnone" width="1024"] प्रदेश १ मन्त्री परिषादकाे बैठक ।   तस्विर:सुमन सुस्केरा[/caption]

त्यस्तै मन्त्री परिषदको बैठकले समानीकरण अनुदान र सवारी करको बारेमा पनि सरकारले थप गर्ने निर्णय गरेको छ । समानीकरण अनुदानको हाल दिईएको ५० करोडलाई बढाएर १ अर्ब पुर्याउने निर्णय गरेको छ । त्यस्तै सवारी साधन करको अनुमानित लक्ष्य पुरा हुने भएपछि त्यसको सिमा पनि बढाउने निर्णय भएको मन्त्री कार्कीले बताए । भौतिक पुर्बाधार विकास मन्त्रालयमा कर्मचारी अभाव भएपछि सेवा करारमा ईन्जीनियर र सब ईन्जीनियर राख्न पनि बाटो खुला गरेको छ ।
साफ महिला फुटवलका बिजयी खेलाडीलाई समेत नगद प्रदान तथा सम्मान गर्ने, चैतेधान बिशेष कार्यक्रम कार्यबिधिलाई स्वीकृत प्रदान गर्ने तथा सरुवा भएका प्रदेशका प्रमुख सचिव केदार न्यौपानेको बिदाई र आएका नयाँ प्रमख सचिव सुरेश अधिकारीको स्वागत गर्ने मन्त्री परिषदले निर्णय गरेको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्