विराटनगर बैशाख १८,
विराटनगर महानगरमा फुटपाथ नियमन र नियन्त्रणका लागि सोमबारदेखि अनुगमन सुरु गरिएको छ । तोकिएको नियम विपरित सडक ,पेटीमा सामान राख्ने पसललाई कारवाही समेत गरिएको छ ।
सडक ढाकेर व्यापार गर्ने व्यापारीलाई अनुगमन टोलीले अल्टिमेटम तथा केहिलाई तत्काल कार्वाही समेत गरिएको थियो ।
अनुगमनमा उपमेयर इन्दिरा कार्की ,प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारी लगायतको सहभागिता रहेको थियो ।