राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण एक दिन छोट्याएर आज स्वदेश फर्किने

<span class='c1'>राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण एक</span> <span class='c2'>दिन छोट्याएर आज स्वदेश फर्किने</span>

काठमाडौं, १८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण एक दिन छोट्याएर स्वदेश फर्किने भएकी छन। समकक्षी सी जिनपिङको निमन्त्रणामा राजकीय भ्रमणमा गत बुधबार चीन प्रस्थान गरेकी भण्डारी आज बुधबार नै स्वदेश फर्किने सरकारी निकायले जनाएका छन्।

राष्ट्रपति भण्डारी  ९ दिने भ्रमणका लागि ११ गते चीन प्रस्थान गरेकी थिइन। तर, उनी १८ गते नै स्वदेश फर्किन लागेको विशिष्ट व्यक्तिको भ्रमणको जानकारी दिने सूचना विभागले जनाएको छ। सूचना विभागले दिएको जानकारी अनुसार राष्ट्रपति भण्डारी आज बिहान १० बजे काठमाडौं आइपुग्ने कार्यतालिका तय भएको छ। चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी मङ्गलवार बेइजिङबाट ल्हासा आइपुगेकी छन्।

राष्ट्रपति भण्डारीलाई चिनियाँ कम्युनिष्ट पार्टी, तिब्बत स्वशासित क्षेत्र समितिका सचिव वु इङजीले त्यहाँको परराष्ट्र मन्त्रालयमा स्वागत गरेका थिए। राष्ट्रपति भण्डारी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन बेइजिङ गएकी थिइन्।

उनले चीनका राष्ट्रपति सीसहितका उच्च अधिकारीसँग भेटवार्ता गरेकी थिइन। भेटवार्ताका क्रममा चीन र नेपालबीच पारवहनसहितका महत्वपूर्ण समझदारीमा हस्ताक्षर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्