श्रमिक दिवसमै मजदुरका मुद्दा उपेक्षामा, नेताहरु विराटनगर राजधानीकाे मुद्दामा केन्द्रीत

<span class='c1'>श्रमिक दिवसमै मजदुरका मुद्दा उपेक्षामा,</span> <span class='c2'>नेताहरु विराटनगर राजधानीकाे मुद्दामा केन्द्रीत</span>

विराटनगर, १८ बैशाख ।
अन्तराष्ट्रिय श्रमिक दिवस मनाई रहँदा बिराटनगरमा भएका कार्यक्रममा मजदुरका मुद्दा भन्दापनि राजधानीका मुद्दा केन्द्रीत भएको छ ।

जसले गर्दा अन्तराष्ट्रिय श्रमिक दिवसमा मजदुरका मुद्दा ओझेलमा परेको छ । बिराटनगरमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्ने अधिकांशले मजदुरका मुद्दालाई भन्दा पनि राजधानीका बिषयमा केन्द्रीत भएका हुन् । बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले सरकार बिरुद्ध लाग्न श्रमिकहरुलाई आब्हान गरे ।
अहिलेको सरकारले जनतालाई झुक्याउने काम गरेको आरोप लगाउँदै सरकार बिरुद्ध लाग्न आग्रह गरे । विराटनगरलाई नै राजधानी तोकिनु पर्ने दावी गरेका मेयर पराजुलीले यदी विराटगरलाई वाईपास भए त्यो बिराटनगरवासीका लागि मान्य नहुने स्पष्ट पारे ।
प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीेले विराटनगरवासी २ दिन जाग्राम बस्नु पर्ने दिन आएको बताए । ‘अहिले प्रदेश सरकारले गलत निर्णय लिनसक्ने भन्दै त्यसलाई खबरदारीको खाँचो छ, कार्कीले भने, ‘मजदुरको ऐतिहाँसिक आन्दोलनको थलोलाई उपेक्षा गरिए त्यसको परिणाम राम्रो आउँदैन ।’
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले मजदुरको आन्दोलन शुरु भएको विराटनगरको आफ्नै पहिचान रहेको उल्लेख गरे । मजदुरसँग जोडिएको बिराटनगरको साख गिराउन खोजेको आरोप लगाउँदै अर्यालले नेकपाको त्यो तयारी बिरुद्ध लाग्न मजदुरहरुलाई आब्हान गरे ।
सरकार बिरुद्ध लाग्न सिटौलाको आब्हान
नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले सरकार बिरुद्ध लाग्न कांग्रेस कार्यकर्तालाई आब्हान गरेका छन् । प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्ने बेलामा कुनै उपलब्धि बिहीन सरकार रहेको आरोप लगाउँदै उनले अब कांग्रेसले ल्याएको संबिधान मार्फत ल्याईएको संस्थागत उपलब्धीको रक्षाका लागि लाग्न उनले मजदुर तथा किसानको भुमिका हुने भन्दै त्यसमा लाग्न आग्रह गरे ।
पछिल्लो समय सरकारका गतिबिधि श्रमिक माथिको प्रहारमा केन्द्रीत रहेको आरोप लगाउँदै सबै श्रमिक क्षेत्रलाई अंकुश लगाउने काम भएको बताए । ठुलो राजनीतिक उपलब्धि पछि आएको सरकारले पनि श्रमिक समुदायका लागि समेत सामान्य जीवनमा परिवर्तन ल्याउने खालका काम नगरेको सिटौलाको भनाई छ । उनले राज्यको हरेक क्षेत्रमा श्रमिकको प्रतिनिधित्व हुनुपर्ने उनको माग छ ।
त्यस्तै ट्रेड युनियन महासङ्घ जिफन्ट, नेपाल ट्रेड युनियन काङ्ग्रेस तथा बिभिन्न मजदुर सङ्गठनले फरक फरक कार्यक्रम गरी दिवस मनाउँदै छन् । मुख्यमन्त्री शेरधन राईकाे उपस्थितीमा बिरेन्द्र सभागृहमा कार्यक्रम हुँदैछ । नेपाल ट्रेड युनियन महासङ्घ जिफन्ट र अखिल नेपाल ट्रेड युनियन महासङ्घले सयुक्त्त रुपमा कार्यक्रमकाे आयाेजना गरेकाे जिफन्टका सचिव किशाेर धमलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्