प्रदेशको नाम र राजधानीको बिषय टुङ्ग्याउन आब्हान गरिएको संसदीय दलको बैठक स्थगित

<span class='c1'>प्रदेशको नाम र राजधानीको बिषय टुङ्ग्याउन</span> <span class='c2'>आब्हान गरिएको संसदीय दलको बैठक स्थगित</span>

विराटनगर, १८ बैशाख ।
नेकपा संसदीय दलको बैठक नबसी स्थगित भएको छ । आज बिहान ११बजे बोलाईएको संसदीय दलको बैठक बैठक नै नबसी दिउँसो पौने ३ बजे स्थगितको सुचना आएपछि सांसदहरु फर्किएका छन् ।

बिहान ११ बजे बोलाईएकोमा मन्त्री तथा मुख्यमन्त्री बैठकमा ब्यस्त भएपछि ३ बजेको लागि सारिएको थियो । त्यस पछि फेरी भोली ११ बजेसम्मको लागि बोलाउँदै बैठक नै नबसी स्थगित भएको हो । नेकपाको पार्टी भित्रै कुरा मिल्न नसकेपछि संसदीय दलको बैठक स्थगित भएको बुझिएको छ ।
बिहानै देखि प्रदेश कमिटि सहित मुख्यमन्त्री, मन्त्री तथा केन्द्रय सदस्यहरु बिच बसेको बैठकले निर्णय निकाल्न नसक्दा संसदीय दलको बैठक पनि अन्यौलमा परेको थियो । अन्यौलका बिच ३ बजे बस्ने भनिएको नेकपा संसदीय दलको बैठक स्थगित भएको हो । आजको संसदीय दलको बैठकले प्रदेशको नाम र राजधानीको बिषय टुङ्ग्याउन निर्णय गर्ने तयारी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्