लागूऔषध सहित विराटनगरबाट महिला पक्राउ

<span class='c1'>लागूऔषध सहित  विराटनगरबाट </span> <span class='c2'> महिला  पक्राउ</span>

विराटनगर, १८ बैशाख ।  सशस्त्र प्रहरीले लागूऔषधसहित एक महिलालाई बुधबार विराटनगरबाट पक्राउ गरेको छ ।  भारतबाट झोलामा राखेर लागूऔषध लिएर आउँदै गर्दा सुनसरीको इटहरी उपमहानगरपालिका–४ की ३६ वर्षीया सपना सिंहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गुल्म हेड क्वाटर (राजश्व तथा भन्सार गस्ती सुरक्षा) को टोलीले पक्राउ गरेको हो ।

सशस्त्रका डीएसपी सुरेन्द्रराज रन्जितका अनुसार सिंहलाई विराटनगर महानगरपालिका–१५ स्थित विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटबाट पक्राउ गरिएको हो । सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको टोलीले सिंहको झोला चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको थियो । डीएसपी रन्जितका अनुसार महिलाको झोलाबाट लागूऔषध डाईजापाम ३ सय, एभिल ३ सय, लुपिजेसिक ३ सय गरेर जम्मा ९ सय एम्पुल र नाईट्रोसन १ सय ट्याब्लेट बरामद गरेको छ।

बरामद लागूऔषधसहित पक्राउ गरिएकी महिलालाई आवश्यक अनुसन्धान र कारवाही अघि बढाउनका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको डीएसपी रन्जितले बताए ।

पक्राउ परेकी महिलाले विगत केही समयदेखि भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने भरियाको काम गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।   प्रहरीले महिलामाथि थालिएको अनुसन्धान र प्राप्त सूचनाका आधारमा नेपालमा लागूऔषधको कारोवार गर्ने गिरोहको खोजी थालिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्