होटल तथा रेष्टुरेन्टको आवरणमा विराटनगरमा यौन धन्दा: संचालिकासहित चार जना थुनामा

<span class='c1'>होटल तथा रेष्टुरेन्टको आवरणमा विराटनगरमा यौन</span> <span class='c2'>धन्दा: संचालिकासहित चार जना थुनामा</span>

विराटनगर, १८ बैशाख ।  विराटनगर महानगरपालिका क्षेत्रको होटल तथा रेष्टुरेन्टको आवरणमा हुने अवैध यौन धन्दा बढदै गएको छ । विराटनगरका केही होटल तथा रेष्टुरेष्टहरूमा डर, त्रास र जवरजस्ती रूपमा किशोरीलाई यौन धन्दामा लगाउने गरेको रहस्य बाहिर आएको हो ।

रेष्टुरेन्टको आवरणमा बालिका र किशोरीलाई  अवैध रुपमा यौनधन्दामा लगाउने विराटनगर– ९ रोडशेष चौक स्थित ‘टिफिन रेष्टुरेन्ट’ को संचालिकासहित दुई जना पुर्पक्षको लागि थुनामा गएको एक महिनापछि पुनः विराटनगरमै एक होटल संचालिकासहित चार जना पक्राउ परेका हुन ।
डर, त्रास देखाएर किशोरीहरूलाई अवैध यौन धन्दामा लगाएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका चार जनलाई प्रहरीले अदालतमा ‘मानव वेचबिखन तथा ओसार पसार र जवरजस्ती करणीमा मुद्दामा म्याद थप गरि अनुसन्धान पुरा गरेपछि अभियुक्तलाई १२ वैशाखमा अदालत उपस्थित गराएको थियो ।

विराटनगरको वेलकम होटल संचालिकसहित तीन जनालाई मोरङ अदालतले मंगलबार पुर्पक्षको लागि थुनामा राख्न र एक जनालाई धरौटीमा छोड्न आदेश दिएको छ । जिल्ला अदालत मोरङको ४ नम्बर इजालसमा भएको थुनछेक बहसपछि न्यायधिश दिपक खनालको ईजलासले  होटल संचालिका विराटनगर– ३ की ४६ वर्षीय शुसिला ढुङ्गगेल (अधिकारी), विराटनगर –७ घर भइ सिरहाको लहान बस्ने ३२ वर्षीय नुर जमाल र बुढीगंगा गाउँपालिका– ३ का ३५ वर्षीय आशिष महतोलाई पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएकाे हाे ।

त्यस्तै सिरहा धनगढीमाई नगरपालिका – ११ का २८ वर्षिय सन्तोष कुमार परियारलाई १ लाख रुपैयाँ धरौटीमा छोड्ने अदालतले आदेश दिएको छ । मंगलबार साझसम्म अदालतले तोकेको धरौटि रकम बुझाउन नसकेपछि परियारलाई थुनामा पठाएको जिल्ला अदालत मोरङका श्रेस्तेदार इश्वरमणी ओझाले जानकारी दिए । अदालतको आदेशपछि उनीहरू जिल्ला कारागार मोरङमा छन् ।
मुलुकी फौजदारी कार्यविधी संहिता २०७४ को दफा ६७ बमोजिम उनीहरूलाई थुनामा राख्न अदालतले आदेश दिएको हो ।

वेलकम होटलमा काम गर्न बसेकी किशोरीलाई होटलमा आउने ग्राहकसँग मोटो रकम लिएर संचालिक सुशिला र आशिष महतोले धम्की दिँदै पटक–पटक यौन शोषणमा लगाउने गरेको अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेख छ । होटलमा आएका ग्राहकसँग यौन सम्पर्क गराए वापत होटल संचाकिकाले ५ हजारदेखि ७ हजार रुपैयाँसम्म लिने गरेका प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

ती किशोरीलाई होटलमा आउने सन्तोषकुमार परियार, कटहरी गापा– ३ का सुजीत कुमार चौधरी र विराटनगर– ६ का ४१ वर्षीय बसन्त राजवंशीले पनि जर्वजस्ती करणी गरेको अभियोग पत्रमा उल्लेख छ । ब्लाष्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्