प्रदेश १ ले आज राधजानी र नामको प्रस्ताव पाउला ? नेकपाकाे हलो कहाँ अड्कियो

<span class='c1'>प्रदेश १ ले आज राधजानी र नामको</span> <span class='c2'>प्रस्ताव पाउला ? नेकपाकाे हलो कहाँ अड्कियो</span>

विराटनगर, १९ बैशाख । एक नम्बर प्रदेशको नाम र राजधानीका लागि १९ गतेसम्ममा प्रस्ताव हाल्ने आज अन्तिमदिन हो । प्रदेशसभामा दुई तिहाई मत प्राप्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अझै ठोस निर्णय गर्न सकेको छैन ।

पार्टी भित्रै मत नमिलेपछि १ नम्बर प्रदेशको नाम र राजधानीको विषयमा ठोस निर्णय लिन नसकेको हो । हिजो दिनभर बसको बैठकले पनि निर्णय सलन नसकेपछि आज बिहानलाई फेरी पार्टी भित्रका पदाधिकारीकोे बैठक बोलाईएको छ ।
पार्टीले उचित निर्णय दिन नसक्दा अझै उक्त विषयमा नेकपा संसदीय दलको बैठक समेत बस्न सकेको छैन । प्रदेशको नाम र राजधानीका लागि १९ गतेसम्ममा प्रस्ताव हाल्न सभामुख प्रदीपकुमार भण्डारीले आव्हान गरेसँगै दलहरु सहमतीको रस्साकस्सीमा छन् । विराटतनगरको बिग होटलमा पार्टीका पदाधिकारीहरु बिच बैठक चलिरहँदा सांसदहरु भने हस्ताक्षर क्याम्पेनिङमा लागेका छन् ।
नेकपाका नेता तथा भोजपुरका सांसद राजेन्द्रकुमार राईले दलका नेता तथा पार्टीको माथिल्लो निकायको ध्यानाकर्षण गराउनका लागि आफूहरुले हस्ताक्षर अभियानमा लागेको बताए । सांसदहरुले चलाएको हस्ताक्षर अभियानमा इटहरीमा प्रदेशसभा सचिवालय राख्नुपर्ने, मोरङको गोठगाउँमा मन्त्रिपरिषद्को कार्यालय राख्नुपर्ने सहितको क्याम्पेनिङ भईरहेको छ ।
यद्यपि यस खालको विषय राम्रो नभएको भन्दै बैठकमा सहभागी नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले राज्यका संरचना विकेन्द्रीकरण गर्ने कुरा गर्नै नहुने बताए ।
यसअघि प्रदेश सरकारले धरान, इटहरी, विराटनगरलगायतका १८ वटा स्थानीय तहलाई मिलाएर वृहत विराट क्षेत्र निर्माण गरेको थियो । संसदबाट उक्त विषयमा कानून समेत बनिसकेको छ ।
नेकपा प्र्रदेश कमिटिको बैठक बसेर निर्णय गर्नको लागि अहिले बैठक बस्दैछ । त्यस्त्र १० बजे प्रदेश सभा सचिवालयमा सर्बदलिय बैठक बस्ने तथा ११ बजे नेकपा संसदीय दलको बैठक बसेर त्यहाँबाट आएका राय सुझावलाई समेटेर पार्टीले निर्णय गरी अगाडी बढ्ने तयारीमा नेकपा देखिएको नेकपा प्रदेश संयोजक देवराज घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्