सर्बदलिय बैठक सकियो, प्रदेशको राजधानी विराटनगर, नेकपा छलफल मै

<span class='c1'>सर्बदलिय बैठक सकियो, प्रदेशको राजधानी</span> <span class='c2'>विराटनगर, नेकपा छलफल मै</span>

विराटनगर, १९ बैशाख ।
प्रदेशको नाम र राजधानीको बिषयमा छलफल गर्न सबेको सर्बदलिय बैठक सकिएको छ। करिब १ घण्टा बसेको बैठकलले सबै दललाई सहमतीबाट नै जाने गरी छलफल केन्द्री भएको थियो । बैठकमा सहभागि नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सबैलाई समेटेर जानका लागि बैशाख २२ सम्मको लागि प्रस्तावको लागि समय थप्ने निर्णय भएको जानकारी दिए ।  सबैलाई मेटेर जाने गरी निर्णय भएको छ, कार्कीले भने । नेकपा दलको सहमती मै नाम र राजधानी लिएर जानकालागि तयार देखिएपछि प्रस्ताव समय पनि थप गर्ने निर्णय भएको हो ।  सहमतीमा पुगनका लागि अझ घनिभुत छलफल गरेर ठाउँ र नाउँमा देखिएको विवाद टुङ्ग्याउने बारेमा छलफल भएको कार्कीले बताए ।

बैठकमा सहभागी संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद बिष्णु तुम्बाहाम्फेले दलहरुको सर्बदलिय बैठकमा बिराटनगरलाई राजधानी तोक्ने बिषयमा छलफल भएको जानकारी दिईन् । ‘नामको बिषय सबैलाई समेटेरै जाने भन्ने कुरामा मुख्यमन्त्री ज्यु देखिनु भएको छ, उनले भनिन्, तर स्थायी राजधानीको बिषयमा बिराटनगरमा छलफल केन्द्रीत भयो ।’ प्रस्ताव ल्याउने म्याद थपेर २२ गते पुर्याईएसँगै अब आजसम्मको म्याद प्रस्ताव दर्तै नगरी गुज्रिने भएको छ ।
सर्बदलिय बैठकमा मुख्यमन्त्री शेरधन राई, कांग्रेस संसदीय दलका नेता राजीव कोईराला, प्रमुख सचेतक केदार कार्की, नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादव, राप्रपाकी एक मात्र सांसद ईन्दीरा राई, संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी एक मात्र सांसद बिष्णुमायाँ तुम्बाहाम्फे सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्