नाम र राजधानीको बिषयमा नेकपा भित्र सहमती खोजिँदै, बैठकमै सांसदको बिद्रोह गर्ने चेतावनी

<span class='c1'>नाम र राजधानीको बिषयमा नेकपा भित्र सहमती</span> <span class='c2'>खोजिँदै, बैठकमै सांसदको बिद्रोह गर्ने चेतावनी</span>

विराटनगर, २० बैशाख ।
नाम र राजधानीको बिषय टुङ्ग्याउन बसेको नेकपाको बैठकमा नेताहरुले कुरा सुन्ने मात्र काम गरेका छन् । सांसदहरुले आफ्नो धारणा राख्ने अनी नेताहरुले कुरा सुन्ने भएपछि प्रदेशको नाम र राजधानीको बिषय बिहिवार पनि टुङ्गोमा पुग्न सकेन ।

नेकपा प्रदेश कमिटिले प्रत्येक जिल्लाका सांसदहरुसँग छुट्टा छुट्टै छलफल गरेको हो । बिहान ८ बजे मोरङ सहित सोलु, ओखलढुङ्गा, खोटाङ र उदयपुरसँग नेताहरु बसेका थिए । त्यस लगत्तै मेची अञ्चलका झापा, ईलाम, पाँचथर र ताप्लेजुङका सांसदहरुसँग उनीहरुको कुरा सुन्ने काम भएको थियो । मेचीका सांसदको कुरा सुनेका केन्द्रीय तहका नेताहरुले तेश्रो चरणमा कोशी अञ्चलका संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम र सुनसरीका सांसदहरुसँग गोप्य बैठक बसेको थियो ।
कोशी अञ्चलका सांसदहरुको बैठक राती ८ बजेसम्म बसेको थियो । रातीसम्म बसेको बैठकमा निश्कर्ष निकाल्ने भन्दा पनि सांसदहरुको राय सुन्ने मात्र काम भएको बैठकमा सहभागी एक सांसदले बताए ।
राय दिएका सांसदहरु एकजनाले चतरालाई नै राजधानी बनाएर जान सुझाव दिएको समेत बताईएको छ । सांसदहरुले विराटनगरको बिकल्प खोज्न सुझाव दिएको समेत श्रोत बताउँछ ।
सुनसरी उत्तरका सांसदहरु बिराटनगरबाट कुनैपनि हालतमा राजधानी सार्ने मनस्थितीमा देखिएका छन् । उता मेची अञ्चलका सांसदहरुले समेत प्रदेशको राजधानी बिराटनगर हुन नहुने मत पार्टीको गोप्य बैठकमा राखेको बताईएको छ । तर आधा संख्याका सांसद बिराटनगर र आधा संख्यामा बिराटनगर बाहिरको पक्षमा रहेको बैठकमा सहभागी एक नेताले बताए । मेची अञ्चलका केही सांसदहरुले भने पार्टीको आदेश नमानेर बिद्रोह गर्ने सम्मको चेतावनी पार्टीलाई दिएको एक सांसदले बताए । प्रदेशको नाममा समेत मदभेद देखिएको छ ।
पार्टीको लाईन बिराटनगरलाई राजधानी तोकेर प्रदेशको नाम कोशी तोकेर जाने तयारीमा रहेको भएपनि सांसद भित्रका बिभिन्न समुहले समस्या बनाउँदा पार्टीले ह्वीप लगाएर जाने तयारी गरेको श्रोत बताउँछ ।

नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दिनभरको बैठकमा सांसदहरुका कुरा सुन्ने काम भएको बताए । उनले पार्टीले लिने निर्णय नै आधिकारीक हुने भएकोले आज दिउँसो बस्ने संसदीय दलको बैठकले यो बिषय टुङ्ग्याउने बताए । आज दिउँसो १ बजे नेकपा संसदीय दलको बैठक बस्दैछ । आज बस्ने संसदीय दलको बैठकले प्रदेशको नाम र राजधानीको बिषयमा सांसदलाई ह्वीप लगाएर त्यसलाई पारित गर्न सक्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्