विराटनगरको मंलङ्वामा साईकलबाट स्कुल जादै गरेकी १२ बर्षिया बालिकालाई ट्याक्टरले ठक्कर दिदा मृत्यू

विराटनगरको मंलङ्वामा साईकलबाट स्कुल जादै गरेकी १२ बर्षिया बालिकालाई ट्याक्टरले ठक्कर दिदा मृत्यू

विराटनगर २० वैसाख । विराटनगर १२ मा रहेको अरुणदय स्कुलमा कक्षा ३ मा अध्ययनरत १२ वर्षिया बालिकालाई ट्याक्टरले ठक्कर दिएको छ ।

विराटनगर १२ स्थित मंलङ्वामा पूर्वबाट पस्चिम तर्फ जादै गरेको को २ त २१२४ नम्बरको ट्याक्टरले सोही स्थान बस्ने दिप नारायण राजवशीको छोरी चन्द्रकला राजवशीलाई ठक्कर दिएको थियो । शुत्रबार विहान ९ः ३० बजे घरबाट स्कुल तर्फ साईकलमा जादै गरेकी राजवशीलाई ट्याक्टरले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले जनाएको छ । राजवंशीलाई उपचारका लागी कोशी अञ्चल अस्पताल लैजादै गर्दा बाटैमा मृत्यू भएको प्रहरीले जनाएको छ । मृतकको पोष्टमार्टमको लागी कोशी अञ्चल अस्पताल विराटनगरमा लगिएको छ । ठक्कर दिने ट्याक्टर चालक ब्रहमपुरा बस्ने रमेश सहनी हाल फरार छन् । उनको खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यलय विराटनगरले जनाएको छ । ट्याक्टर वडा प्रहरी कार्यलयको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्