मन्त्री लालबाबु पण्डितले भने “ठूलो संख्यामा लोकसेवाको विज्ञापन खोलिदैछ”

मन्त्री लालबाबु पण्डितले भने “ठूलो संख्यामा लोकसेवाको विज्ञापन खोलिदैछ”

काठमाण्डौ बैशाख २०,

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी एक हप्ताभित्रै कर्मचारी समायोजनको सम्पूर्ण काम सम्पन्न गरिसक्ने विश्वास दिलाउनु भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्री पण्डितले प्रशासनिकतर्फको कर्मचारी समायोजनको धेरैजसो काम सम्पन्न भैसकेको बताउनु भयो । उहाँले अहिले स्वास्थ्यतर्फको काम धमाधम भैरहेको र एक हप्ताभित्रै सबै समायोजनको काम सम्पन्न गरिसक्ने पनि प्रष्ट पार्नुभयो । बढीमा यो महिनाभित्रै काम सकिने उहाँको भनाइ छ ।

साक्षात्कारमा मन्त्री पण्डितले मुलुक यतिवेला संघीयता कार्यान्वयनको चरणमा रहेकोले सरकार त्यसतर्फ सचेत भएर अघि बढिरहेको बताउनु भयो । उहाँले अगाडि भन्नुभयो,‘एकात्मक शासन व्यवस्थाबाट संघीयतामा जाने मुलुकहरुमध्ये नेपाल अन्य भन्दा तीव्र गतिमा काम अघि बढाउनेमा पर्दछ ।’

संघीयता कार्यान्वयनका कामहरु अघि बढाउँदा केही अप्ठ्याराहरु आएपनि वर्तमान सरकारले बढो जिम्मेवार ढंगले कामहरु सम्पन्न गरिरहेको पनि मन्त्री पण्डितको दावी छ । उहाँले भन्नुभयो,‘हामीले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापनदेखि लिएर प्रशासनिक संरचनाहरु तयार गरिसक्यौं । कर्मचारी समायोजनमा केही समस्या देखिएपनि त्योपनि हामीले कुशलतापूर्वक सम्पन्न गर्दैछौं ।’

समायोजनको विषयमा कर्मचारीहरुले उठाएका र राखेका जायज गुनासाहरुलाई सरकारले सम्बोधन गरेको उहाँको जिकिर छ । समायोजनको हकमा महिला तथा गम्भीर विरामी परेका कर्मचारीहरुलाई पहिलो प्राथमिकता दिईएको पनि उहाँले प्रष्ट पार्नुभयो ।

त्यस्तै, फरक क्षमता भएका लगायतका अन्य कर्मचारीहरुको पनि आफूहरुले उचित व्यवस्थापन गर्ने मन्त्री पण्डितले विश्वास दिलाउनुभयो ।

प्रदेश लोकसेवा आयोग गठन नहुञ्जेलसम्म केन्द्रले कर्मचारी भर्नाको आवश्यकत्ता पूर्ति गर्ने भएकोले आउने हप्ताभित्र स्थानीय र प्रदेश तहको लागि कमर्चारी आवश्यकत्ताको लागि विज्ञापन गरिने मन्त्री पण्डितले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘अब ठूलो संख्यामा लोकसेवाको विज्ञापन खोलिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्