विराटनगर केन्द्रीत बिराट क्षेत्र भित्र राजधानी तोक्ने नेकपाको निर्णय, संरचना बिराटनगर बाहिर बन्ने

विराटनगर केन्द्रीत बिराट क्षेत्र भित्र राजधानी तोक्ने नेकपाको निर्णय, संरचना बिराटनगर बाहिर बन्ने

विराटनगर, २० बैशाख ।
प्रदेशको नाम र राजधानीको बारेमा छलफल गर्न बसेको नेकपाको बैठक सकिएको छ । बैठकले प्रदेशको राजधानी बिराटनगरलाई बनाउने र ईटहरी र गोठगाउँमा प्रशासनिक संरचना स्थापना गर्ने निर्णय गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टीका ईन्चार्ज भिम आचार्यले पार्टीभित्रका अधिकांश सांसदको भावनालाई सम्बोधन गर्नका लागि बिराटनगरलाई राजधानी तोकेर संरचना बृहत बिराट क्षेत्र भित्र निर्माण गरिने जानकारी दिए ।
अधिकांश सांसदको मागलाई ध्यानमा राखेर गोठगाउँ, ईटहरी, बिराटनगरको नजिकैको दुरीलाई आधार बनाएर संरचना निर्माण हुने इन्चार्ज आचार्यको भनाई छ ।
मुख्यमन्त्री शेरधन राईले बृहत बिराटनगर भित्र प्रदेशको राजधानी तोक्ने निर्णय भएको जानकारी दिए । ईटहरी, बिराटनगर र गोठगाउँलाई समेटेर स्याटेलाईसिटी निर्माण गरिने र त्यही भित्र भौतिक संरचना निर्माण गरेर राजधानी स्थापना हुने मुख्यमन्त्री राई बताए । उनले संरचना निर्माण नहुँदासम्म बिराटनगरका संरचनाबाट काम हुने उनको भनाई छ ।
मुख्यमन्त्री राईले बिराटनगरलाई अहिले तत्काल राजधानी तोकेर ति संरचना निर्माण भएपछि राजधानी त्यो ठाउँमा जाने स्पष्ट पारे । आईतवार बस्ने संसदीय दलको बैठक पछि निर्णय सार्बजनिक हुने स्पष्ट पारे । सबैलाई समेटेर लैजानका लागि आईतवारसम्म सबैदलहरुसँग छलफल गरेर प्रस्ताव लैजाने उनले दाबी गरे ।
तर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कींले प्रतिपक्षीसँगको छलफल पछि मात्र कसरी अगाडी बढ्ने भन्ने बिषय टुङ्गीने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्