विराटनगर विमानस्थल सुरक्षामा प्रहरीको चासो, बिमान कम्पनीका म्यानेजरसँग छलफल

<span class='c1'>विराटनगर विमानस्थल सुरक्षामा प्रहरीको चासो,</span> <span class='c2'>बिमान कम्पनीका म्यानेजरसँग छलफल</span>

विराटनगर,२० बैशाख । जिल्ला प्रहरी कार्यालय मोरङले नागरिक उड्ययन प्राधिकरण र हवाई क्षेत्रका प्रतिनिधिहरुसँग विमानस्थल सुरक्षाका विषयमा छलफल गरेको छ ।

जिल्ला प्रहरी कार्यलय मोरङमा शुक्रबार आयोजित कार्यक्रममा विराटनगर विमानस्थल कार्यालयका निर्देशक टेकनाथ सिटौला लगायतसँग छलफल गरेको हो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत समुदायसँग चिया कार्यक्रम गरिएको प्रहरी उपरिक्षक मनोजकुमार केसीले जानकारी दिए ।
कार्यक्रममा विराटनगर विमानस्थल कार्यालय विराटनगरका निर्देशक सिटौला, बुद्ध एयरका कौशल भण्डारी, श्री एयरलाईन्सका अर्जुन कार्की, यति एयरलाईन्सका प्रेम कुवर, सौर्य एयरलाईन्सका देवेश खनाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसी, प्रहरी नायव उपरिक्षक नरेन्द्र कार्कीलगायतका प्रहरी अधिकृतहरू सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्