कोशी अञ्चल अस्पतालमा १२ करोडको लगानीमा सुविधा सम्पन्न बर्थिङ सेन्टर बन्ने (भिडियाे सहित)

<span class='c1'>कोशी अञ्चल अस्पतालमा १२ करोडको लगानीमा सुविधा</span> <span class='c2'>सम्पन्न बर्थिङ सेन्टर बन्ने (भिडियाे सहित)</span>

प्रेम देवान,
विराटनगर, २० वैशाख ।
अमेरिकन आर्मी र युएस एम्वेसीको सहयोगमा विराटनगरको कोशी अञ्चल अस्पताल परिसरमा अत्याधुनिक सुविधा सम्पन्न बर्थिङ सेन्टर बन्ने भएको छ ।

करिब १२ करोडको लागतमा बन्न लागेको बर्थिङ सेन्टरलाई हिमालय बिल्डर्स एण्ड इन्जिनियरिङले निमार्णका लागि प्राविधिक सहयोग गर्ने छ । कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन डा रोशन पोखरेल बस्दै आएको निवास भत्काएर २ तले १२ कोठाको बर्थिङ सेन्टर एक सय सैयाको रहनेछ ।

बर्थिङ सेन्टरको एक बर्ष भित्र सक्ने योजना सहित यही महिनाबाट काम थालनी गरिने अमेरिकन दुतावासले जनाएको छ । बर्थिङ सेन्टरको उपप्रधान तथा संघीय स्वास्थ्य मन्त्री उमेन्द्र यादवले शुक्रबार एक कार्यक्रमम विच उद्घाटन गरेका छन् ।
स्वास्थ्य मन्त्री यादवले कोशी अञ्चल अस्पतल अब अञ्चल अस्पताल नभई अब प्रदेश नम्बर एकको ठूलो सरकारी अस्पतालको रुपमा विकास हुने बताए ।

नेपालको मात्र नभई छिमेकी राष्ट्रका विरामी आउने बातावरण पनि बनाउनुपर्ने उल्लेख गरे ।
आगामी दिनमा यसलाई सुधार गर्दै क्यान्सर, मुटु, तथा किड्नी सम्बन्धीको अस्पतालका रुपमा पनि बनाउने योजना रहेको अस्पतालले जनाएको छ । यसका लागी प्रदेश सरकार र केन्द्रीय सरकारले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा प्रदेश नम्वर १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरे , मेयर भीम पराजुली मे.सु डा. रोशन पोखरेल बोलेका थिए । निर्माण कम्पनि हिमालय बिल्डर्सले चार कठ्ठा क्षेत्रफलमा निर्माण हुने भवन एक वर्ष भित्रै निर्माण गरेर हस्तान्तरण गर्ने गरि सम्झौता भएको छ ।

https://www.facebook.com/ourbrt/videos/404407337078152/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्