राजधानी बृहत बिराट क्षेत्र भित्र राख्ने नेकपाकाे प्रस्ताव कांग्रेसद्वारा अस्वीकार, फाेरमकाे फरक मत

राजधानी बृहत बिराट क्षेत्र भित्र राख्ने  नेकपाकाे  प्रस्ताव कांग्रेसद्वारा अस्वीकार, फाेरमकाे फरक मत

विराटनगर, २१ बैशाख ।
नेकपाको तीनदिन बसेको बैठकले निकालेको बृहत बिराट क्षेत्रमा राजधानी राख्ने भनी ल्याएको प्रस्तावमा नेपाली कांग्रेसले अस्वीकार गरेको छ । शुक्रवार साँझ नेकपा र कांग्रेस बिच भएको छलफलमा प्रदेशको स्थायी राजधानी बृहत बिराट क्षेत्र भित्र राख्ने भनेर नेकपाले ल्याएको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले कानुन बिपरित आएको बृहत विराट क्षेत्रको राजधानी प्रस्तावलाई कांग्रेसले स्वीकार गर्न नसक्ने बताए । 'नेकपाको तर्फबाट आएको प्रस्तावमा हामीले स्वीकार गर्ने आधार बनेन उनले भने, बृहत विराट क्षेत्रलाई ओगटेर ल्याउने भन्ने कुरा हो त्यसमा हामी सहमत छैनौ ।'
नेकपाको तर्फबाट त्यसमा अडान रह्यो भने आफुहरु पनि अडानमा बस्न तयार रहेको कार्कीले बताए । उनले कार्य ब्यवस्था परामर्श समितिमा बृहत बिराट क्षेत्र भनेर प्रस्ताव आयाे भने  अब्जेक्सन हुने जानकारी दिए । राधजानीसँग नजोडिएको भनेर पटक पटक मन्त्री र मुख्यमन्त्रीबाट आएको बक्तब्यलाई नोटिसमा राखिएको जानकारी दिँदै कार्कीले भने, ‘चिटिङ गरेर ल्याईन्छ भने त्यो मान्य हुँदैन, संबिधान भन्दा माथि जाने अधिकार कसैलाई पनि छैन ।’
उनले बृहत विराट क्षेत्र भन्दापनि ठाउँ तोकेर ल्याउन सुझाव दिईएको बताए । बुढीगंगा, ग्रामथान, ईटहरी वा बिराटनगर जुनसुकै ठाउँ भएपनि ठाउँ तोकेर संबैधानिक र कानुनी रुपमा प्रस्ताव आउनु पर्ने बताए ।
'काँग्रेस हचुवाको भरमा सहमती गर्दैन । संबिधान मान्ने पार्टी हो, संबिधान र कानुन अनुसार मात्र निर्णय गरिनु पर्छ, कार्कीले भने । अहिलेको निर्णयलाई हेर्दा सुतेको बिराटनगरलाई अशान्तितिर धकेल्न खोजेको समेत उनले बताएका छन् । नेकपा र कांग्रेस बिच करिब १ घण्टा बसेको बैठक बिना निश्कर्ष टुङ्गीएको हो ।

नेपाली कांग्रेस संसदीय दलको नेता राजिव कोईरालाले सत्ता पक्षको निर्णय पर्खिएर बसेको बताए । तर चितबुझ्दो निर्णय नआउँदा उनीहरुले जे निर्णय गर्छन् त्यसलाई समर्थन गर्नुपर्छ भन्ने नरहेको स्पष्ट पारे । उनले भने, छलफल एउटा मिलन बिन्दुमा पुग्यो, भने ठिकै छ उनले भने, हैन भने हामीले ल्याउने प्रस्ताव त छँदैछ। नेपाली कांग्रेसको बटमलाईन बिराटनगरलाई राजधानी तोकेर जानु पर्छ भन्ने देखिएको छ।

यसैबिच ३ जना सदस्य रहेको संघीय समाजवादी फोरमले फरक मत राख्दै प्रस्ताव दर्ताको तयारी गरेको छ । संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादवले प्रदेशको नाम किराँत–लिम्बुवानको पक्षमा फरक प्रस्ताव लिएर जाने तयारी गरेको बताए । तर राजधानी बिराटनगर महानगरपालिका भित्र हुनु पर्ने दाबी गरे । यदी बिराटनगरबाट अन्यत्र राजधानी लगिन्छ भने धनकुटा लगिनु पर्ने अन्यथा स्वीकार्य नहुने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्