नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

गएराति अबेरसम्म चलेको छलफलले एकताको सहमति गरेको हो । सहमति भएसँगै एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ ।

एकीकृत पार्टीमा नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराई पहिलो वरीयताको अध्यक्ष रहनेछन् भने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव दोस्रो वरीयतामा रहनेछन् । भट्टराई संघीय समितिको अध्यक्ष र यादव केन्द्रीय समितिको अध्यक्ष रहनेगरी एकताको प्रक्रिया टुंगो लगाइएको हो । एकताको सहमतिपत्रमा अहलिे केहीबेरमा भट्टराई र यादवले हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

एकताका विषयमा थप सहमतिका लागि आज पनि छलफल जारी छ । नेताहरुका अनुसार दुई पक्षका बीच जारी छलफललले एकताको बाँकी कुरा पनि आजै टुंगो लगाउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्