राजधानीबारे जनस्तरमा चासो, भन्छन् ‘ विराटनगरकाे विकल्प छैन, संरचना छर्न हुन्न’

<span class='c1'>राजधानीबारे जनस्तरमा चासो,  भन्छन् ‘ विराटनगरकाे</span> <span class='c2'>विकल्प छैन, संरचना  छर्न हुन्न’</span>

विराटनगर, २१ बैशाख। प्रदेश १ को राजधानी अन्यत्र नसार्न विराटनगर महानगरबासीले माग गरेका छन् । प्रदेश सरकारका संरचना विकेन्द्रीत गर्दै छर्ने गरी प्रदेशसभामा प्रस्ताव गर्न लागिएपछि महानगरवासीले सरकारलाई एकत्रित गरेर राजधानी घोषणा गर्न ध्यानाकर्षण गरेका छन् ।

विराटनगर महानगरपालिकाले शनिबार आयोजना गरेको सर्वपक्षीय छलफलका सहभागीले कार्यपालिका एकातिर र व्यवस्थापिका अर्कोतिर सार्दा जनतालाई सेवा लिन झन् कठिन हुने सुझाव दिए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भौतिक पूर्वाधारको हिसाबले सरकारलाई चाहिने संरचना उपलब्ध रहेकोले नयाँ निर्माणमा लाग्ने खर्च विकासतर्फ लगाउन सकिने बताए । पराजुलीले प्रदेशसभाकै  स्थायी संरचना निर्माण गर्न पनि महानगरले यसअघि नै प्रदेश सरकारलाई जग्गा उपलब्ध गराउने विषयमा निर्णय गरिसकेको जानकारी दिए ।

संरचना छर्न लागिएको बताउँदै उनले प्रदेशसभा इटहरी, मन्त्रालय विराटनगर र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगर राख्दा जनतलाई झन् धेरै दुःख हुने बताए ।   सरकारले ल्याउन लागेको यस्तो प्रस्ताव हामीलाई स्वीकार्य छैन्, उनले भने  । नाम थाँती राखेर सरकारले राजधानीसमेत संरचना छर्ने गरी ल्याउन लागेको विषयले जनतामा निरासा र शंका उत्पन्न भएको प्रदेश सभामा काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए । विराटनगर राजधानीको विकल्प नरहेको बताउँदै संघीय समाजवादी फोरमको संसदीय दलका नेता जयराम यादवले वृहत विराट क्षेत्रबारे सरकारका मन्त्रीले नै विकासको अवधारणामात्र भनेकोले विराटनगरको विकल्प अन्यत्र हुन नसक्ने जिकिर गरे ।

सांसद सावित्रा रेग्मीले विराटनगरमा उपलब्ध भौतिक पूर्वाधारकै हिसाबले अस्थायी मुकाम तोकिएको र अब स्थायी भएर जानुपर्ने बताईन् ।  सबै उपलब्ध स्रोतहरुलाई हेर्दा विराटनगर राजधानीको लागि उपयुक्त रहेकाे बताउँदै  नेकपाले   छलफलमा समेत विराटगरबाहेक कुरा नगरेकाे स्पष्ट पारिन् ।   सांसद यशोदा अधिकारीले राजधानी जस्तो महत्वपूर्ण विषयमा गहन छलपलपछि मात्र सरकारले निर्णय लिनुपर्ने सुझाव दिइन । सांसद बसन्तीदेवी यादव र बिन्दिया कार्कीले विराटनगरबाहे राजधानीको विकल्प नरहेको जिकिर गरे ।

अर्थशास्त्री भेषप्रसाद धमलाले राजधानी एकै ठाउँमा हुनुपर्ने विश्वव्यापी मान्यता रहेको चर्चा गर्दै विराटनगरमा अहिले नै उपलब्ध पूर्वाधारले प्रदेश सरकारको धेरै अवाश्यकता पूरा गरेको तर अझ थप गर्न सकिने बताए । ऐलिट क्बलका अध्यक्ष विश्वनाथ रिजालले एतिहासिकता बोकेको विराटनगरलाई राजधानी तोकेर अघि बढ्न सरकारलाई सुझाव दिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी र गुरु बरालले विराटनगर सबै हिसाबले राजधानीको लागि उपयुक्त थलो भएकोले दायाँ बायाँ हुनसक्ने अबस्था नरहेकाे बताए ।   महानगरपालिकाका प्रमुख भीम पराजुलीले शनिबार नै विज्ञप्ति प्रकाशित गरी संरचना निर्माणदेखि जग्गा प्राप्तिसम्मका काममा प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको जनाएका छन् । उनले यसअघि पनि जग्गाको विषयमा सरकारसँग आफूले छलफल गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्