मेची पुल माथिबाट आवत जावत अबरुद्ध, चार पांग्रे सवारीसाधन संचालनमा समस्या

मेची पुल माथिबाट आवत जावत अबरुद्ध,  चार पांग्रे  सवारीसाधन संचालनमा समस्या

विराटनगर, २२ बैशाख ।
भद्रपुरस्थित मेची पुल माथिबाट आवतजावत गर्ने चार पांग्रे हलुका सवारीसाधन संचालनमा समस्या भएको छ ।
पुल जोडन भारत तर्फ बनाइएको ग्राभेल सडक भत्किएपछि दुईदिनदेखि सवारीसाधन आवतजावत ठप्प भएको हो । भद्रपुर – गलगलिया नाका भएर चल्ने सवारीसाधन पुनः काकँडभिट्टा नाका भएर आवतजावत गर्न बाध्य छन् ।

सडक निकास बिनै प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १७ गते एक भव्य समारोहका बीच मेची पुलको उद्घाटन गरेका थिए ।
पुलको उद्घाटन भएसँगै पुलमाथिबाट हलुका चारपांग्रे, तीन पांग्रे, दुई पांग्रे र पैदलयात्री आवतजातव गरिरहेका थिए । तर, तीन दिनदेखि परेको अविरल बर्षाका कारण पुल छेऊमै भारतले बनाइएको ग्राभेल सडक पानीले भत्काई दिएको छ ।
मेची नदीको बगरमा समेत पानी जमिसकेकोले त्यहाँबाट पनि सवारीसाधन जाने अवस्था छैन । बैशाखको दोस्रो सातामै बनाइएको ग्राभेल सडक भत्किदाँ अबको चार महिना के होला भन्दै सवारीधनि र स्थानीय चिन्तित बनेका छन् । ५६० मिटर लम्बाई र ९ दशमलव ८ मिटर चौडाईको १७ पिलरसहितको मेची पुल ३५ करोड ९५ लाख रुपैयाँको लागतमा ९ बर्षमा बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्