विराटनगर बैशाख २२ ,
प्रदेश नम्बर १ मा राजधानीको विवाद बढ्दै गएको छ । आज विराटनगरमा सुनसरीको धरानलाई प्रदेश नम्बर १ को राजधानी बनाउन माग गर्दै धरानबासीले प्रदेशसभा भवन अगाडि सिठी जुलुस प्रदर्शन गरेका छन् ।
धरानबाट बस रिजर्भ गरेर आएका धरानबासीले प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सबै राजनीतिक दलको सहभागिता रहेको छ । धरानलाई राजधानी तोक्न मागमा गर्दै धरान उपमहानगरपालिकाले उक्त आन्दोलनको नेतृत्व गरेको हो ।