“सी-म्याट पास गर्न पढाईमा जान्ने भएर मात्रै पुग्दैन” – रबि गुप्ता (शिक्षक)

“सी-म्याट पास गर्न पढाईमा जान्ने भएर मात्रै पुग्दैन” – रबि गुप्ता (शिक्षक)

कक्षा १२ को परिक्षा अहिले जारी रहेको छ । कक्षा १२ को परिक्षा पछी बिशेष गरेर व्यस्थापन संकायका बिद्यार्थीले सी-म्याट कोर्ष गर्ने गरेका छन् ।

आज हामीले सी-म्याट कोर्ष कस्तो हो ? यो पढेर के हुन्छ भन्ने बिषयमा बिराटनगरको एडु मार्कका निर्देशक तथा सी-म्याट शिक्षक रबि गुप्तासंग कुराकानी गरेका छौ ।

१) सी-म्याट कोर्ष भनेको के हो ? किन गर्ने बिद्यार्थीले सी-म्याट ?

- सी-म्याट कोर्ष भनेको त्रिभुवन विश्व बिद्यालयका कलेजमा स्नातक पढ्न प्रवेश परिक्षाको रुपमा हेरिएको सी-म्याट परिक्षा उतीर्ण गर्न चाहिने कोर्ष हो । त्रिभुवन विश्व बिद्यालयका कलेजमा स्नातक पढ्न यो परिक्षामा अनिवार्य पास हुनुपर्छ ।

२) कस्ता प्रश्न सोधिने गर्छन यो परिक्षामा ? 

-सी-म्याट परिक्षामा गणित,अंग्रेजी,सामान्य ज्ञान तथा रिजनिङबाट प्रश्नहरु आउने गर्दछ । हरेक बिषयका २५ वटा प्रश्न गरी जम्मा १ सय वटा प्रश्न सोधिने गर्छ । जम्मा ९० मिनेटमा सबै प्रश्नको उत्तर दिनु पर्ने हुन्छ । परिक्षामा क्यालकुलेटर प्रयोग गर्न पाइदैन ।

३) एकदम जान्ने बिद्यार्थीले मात्रै सी-म्याट परिक्षामा नाम निकाल्न सक्छन भन्ने छ , के हो वास्तविकता ? 

- यो परिक्षाले बिद्यार्थीको ज्ञान भन्दापनि एउटा बिद्यार्थीको ब्यस्थापकीय क्षमता जाच्ने गर्दछ । सामान्य ज्ञान राम्रो हुने   बिद्यार्थीले यो परिक्षा पास गर्न सक्छन । व्यावहारिक ज्ञान हुने बिद्यार्थीले राम्रो अंक ल्याउने सम्भावना धेरै हुन्छ । सी-म्याटमा धेरै प्रश्नको उत्तर चालाखी पुर्वक दिनु पर्ने हुन्छ ।

४) सी-म्याट परिक्षामा सामेल हुन के गर्नुपर्छ ? 

- सी-म्याट परिक्षामा सामेल हुन +२ को हरेक बिषयमा सी + ग्रेड हुनुपर्छ । भर्ना प्रक्रियामा एकेडेमिक्सबाट ३० प्रतिशत , सी-म्याट परिक्षाको ६० प्रतिशत तथा अन्तर्वार्ताबाट १० प्रतिशत अंक जोडिने गर्दछ । लिखित परिक्षामा सामेल बिद्यार्थीलाई अन्तर्वार्ताको मौका दिने गरिन्छ । त्रिभुवन विश्वबिद्यालयको बिबिए,बिबिएम,बिसिए, बिएचएम , बीआइएम लगायतका कोर्षको लागि सी-म्याट चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्