नेकपा र कांग्रेसकाे विराटनगरलाई राजधानी तोक्दै संसद सचिवालयमा प्रस्ताव दर्ता

नेकपा र कांग्रेसकाे विराटनगरलाई राजधानी तोक्दै संसद सचिवालयमा प्रस्ताव दर्ता

विराटनगर, २२ बैशाख ।
नेकपाले बिराटनगरलाई राजधानी तोकेर प्रस्ताव दर्ता गराएको छ । आज दिउँसो बसेको नेकपा संसदीय दलको बैठकले प्रदेशको राजधानी बिराटनगरमा तोकी  कार्यपालिका र ब्यवस्थापिका लगायतका संरचनाहरु बृहत बिराट क्षेत्र अन्तरगत ईटहरी, सुन्दर हरैचा र बिराटनगरको आसपासका क्षेत्रमा रहने निर्णय गर्दै प्रस्ताव दर्ता गराएको हो ।

नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीको प्रस्तावमा ईटहरीका सांसद लिलम बस्नेत, ग्रामथानका सांसद बिजयकुमार बिस्वास, सुन्दर हरैँचाका सांसद राजकुमार ओझा, विराटनगरका सांसद साबित्रा कुमारी रेग्मी र यसोदा अधिकारीले समर्थन गर्दै प्रस्ताव दर्ता भएको हो ।
नेपाली कांग्रेसले प्रदेशको राजधानी बिराटनगरलाई प्रस्ताव गरेको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको प्रस्तावमा शिवनारायण गन्गाई, संघीय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादवको समर्थन रहेको छ ।
दिनभर बसेको सर्बदलिय बैठक, कांग्रेस सँगको छुट्टै बैठक बसेको भएपनि प्रस्ताव दर्ता गर्दा कांग्रेस र नेकपा तथा नेकापा भित्रका केही सांसद र कांग्रेसका केही सांसदले पनि फरक फरक प्रस्ताव दर्ता गराएका छन् ।
त्यस्तै नेकपा भित्रका धनकुटाका सांसदहरुले धनकुटालाई राजधानीको प्रस्ताव दर्ता गराएका छन् । सांसद निरन राईको प्रस्तावमा ईन्द्रमणी पराजुली र कुसुमकुमारी श्रेष्ठले धनकुटाको लागि समर्थन गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेस धनकुटाका सांसद लिला सुब्बाको प्रस्तावमा ताप्लेजुङका सांसद प्रतापप्रकाश हाङ्गाम र संघीय समाजवादीका सांसद रामचन्द्र लिम्बुले समर्थन गरेका छन् ।
यसैबिच नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन रार्ईले कांग्रेससँग छलफल पछि बिराटनगरलाई नै तोकेर राजधानीको प्रस्ताव दर्ता गराईएको बताए । उनले बिराटनगर नै राजधानीको रुपमा दर्ता भएको र संरचना निर्माण गर्दा ब्यवस्थित गर्नको लागि क्षेत्र तोकिएको बताए ।
सबै दलको आग्रहमा बिराटनगरलाई नै राजधानी तोकौ भन्ने सल्लाहका आधारमा दुई तिहाईको घमण्ड नगरी प्रमुख बिपक्षीसँगको छलफलबाट बृहत क्षेत्र भित्र प्रदेशको राजधानी रहने भन्ने शब्द हटाए प्रदेशको राजधानी बिराटनगरमा रहने भन्ने उल्लेख गरिएको बताए । उनले सबै दलसँग सहमती गरेर दर्ता भएका प्रस्तावहरु फिर्ता हुने र सदनमा नजाने उनले स्पष्ट पारे ।
‘सुन्दर हरैचामा कार्यपालिका, ईटहरीमा संसद बन्ने भयो भन्ने हैन, उनले भने, ९३ जनालाई सहमतीमा ल्याउनका लागि यो प्रयास भएको हो ।’ सबैलाई सहमतीमा ल्याउनका लागि केही कुराहरु तपसिलमा राखिएको उनको भनाई छ । मुख्यमन्त्री शेरधन राईले नेकपाका नेताहरुले छुट्टै प्रसताव दर्ता गराएको बिषयमा असन्तुष्टी जनाएका छन् । उनले नेकपाका केही सांसदले प्रस्ताव दर्ता गराएको हो भन्ने नै आफुलाई जानकारी नभएको सुनाउँदै यदी त्यसरी प्रस्ताव दर्ता हुन आएको भए कार्वाही हुने चेतावनी दिए । तर कार्वाही के हुने भन्ने उल्लेख गरेनन् ।

[caption id="attachment_84290" align="alignnone" width="800"] नेपाली काङ्ग्रेस प्रदेश १ संसदीय दलकाे बैठक ।[/caption]

तर नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोईरालाले विराटनगरलाई नै राजधानी तोकेर कैफियत बिना सहमतीमा जाउँ भन्दा छुट्टै प्रस्ताव दर्ता गरिएको बताए । प्रस्ताव दर्ता भएपनि सहमतीको लागि भोलीसम्म प्रयास हुने उनको भनाईछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्