विराटनगर राजधानीको बिरोधमा रहेका चारजना सांसदले लेखे ‘नोट आफ डिसेन्ट’

विराटनगर राजधानीको बिरोधमा रहेका चारजना सांसदले लेखे ‘नोट आफ डिसेन्ट’

विराटनगर, २२ बैशाख ।
विराटनगर राजधानीको बिपक्षमा रहेका नेकपाका ४ जना धनकुटाका सांसदले संसदीय दलको बैठकमा 'नोट अफ डिसेन्ट' लेखेका छन् । धनकुटालाई राजधानी तोक्नु पर्ने माग राख्दै आएका सांसदहरुले 'नोट आफ डिसेन्ट' लेखेका हुन् ।

यसरी 'नोट अफ डिसेन्ट' लेख्ने सांसदहरुमा निरन राई, ईन्द्रमणी पराजुली, कुसुम श्रेष्ठ र कमला मादेन रहेका छन् । उनीहरु चारैजना धनकुटाका हुन् । यीनै ४ जनाले धनकुटालाई राजधानी बनाउनु पर्ने प्रस्ताव समेत संसद सचिवालयमा दर्ता गराएका छन् । आम नागरिकको चाहना अनुसार आफुहरु धनकुटा भन्दा बाहिरको निर्णयमा जान नसकेर नोट आफ डिसेन्ट लेख्नु परेको सांसद ईन्द्रमणी पराजुलीले बताए ।
ऐतिहाँसिक पुरानो क्षेत्रीय सदरमुकामलाई ध्वस्त पार्ने गरी बृहत बिराट क्षेत्र भित्र विराटनगरलाई राजधानी तोकेर जाने दलको निर्णय बिरुद्धमा उत्रिनु परेको उनको भनाई छ । २०४८ सालदेखि आन्दोलन गरेको गरेकै छौ त्यसैलाई बेवास्ता गरियो, पराजुलीले भने, नेकपा जिल्ला पार्टीको निर्णय अनुसार नोट अफ डिसेन्ट लेखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्