पूर्वसभासद् गायत्री साह र उनका श्रीमान पक्राउ

पूर्वसभासद् गायत्री साह र उनका श्रीमान पक्राउ

काठमाडाै, २२ बैशाख ।  पुर्वसभासद् गायत्री साह र उनका श्रीमान राजेश महतो पक्राउ परेका छन्। साह दम्पत्तीलाई प्रहरीले आइतबार दिउँसो ललितपुरको मेडिसिटी अस्पतालबाट पक्राउ गरेको हो।

‘फौजदारी अभियोगमा उहाँहरुलाई पक्राउ गरिएको हो’, महानगरीय प्रहरी परिसर जावलाखेलका डीएसपी नारायण चिमोरियाले भने, 'ललिपुरको १८ बाट पक्राउ  गरेका छौँ ।'  अस्पताल परिसरबाटै उनीहरुलाई प्रहरीले घिसार्दै पक्राउ गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । प्रहरीले गायत्रीलाई सातदोबाटोमा राखेको छ भने राजेशलाई जावलाखेलमा राखिएको छ ।

वैशाख १३ गते मेडिसिटी अस्पतालले दिएको उजुरीका आधारमा साह दम्पत्ती पक्राउ परेको चिमोरियाले जानकारी दिए। मेडिसिटी अस्पतालले दिएको उजुरीमा आफ्नो सन्तान अस्पतालमै छोड्नु गैरकानुनी भएको उल्लेख गरिएको छ।

प्रहरीले उनीहरुमाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा १८१ को उपदफा (१) अनुसार कारबाही हुने बताएको छ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १८४ (१) अनुसार उनीविरुद्ध मुद्दा चल्ने प्रहरीले बताएको छ। १८४ मा ‘आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने’ उल्लेख छ। यो दफाको उपदफा १ मा ‘कुनै नवजात शिशु, बालबालिका, अशक्त रोगी वा वृद्ध व्यक्तिलाई आफूले हेरचाह वा स्याहार सम्भार गर्ने कर्तव्य भएको व्यक्तिले निजको जिउ, ज्यानमा खतरा पुग्न सक्ने गरी फाल्न, परित्याग गर्न वा वेवास्ता गरी छोड्न हुँदैन’ भन्ने व्यवस्था उल्लेख छ। उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने संहितामा व्यवस्था छ। अन्नपुर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्