भोलि सोमबारदेखि विराटनगरमा अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ । विराटनगरबाट प्रदेशको राजधानी सार्न लागिएको भन्दै भएको सर्वपक्षीय भेलाले अनिश्चितकालीन बन्द आह्वान गरेको समाचार मकालु टेलिभिजनले फ्ल्यास न्युज प्रसार गरेको हो ।
आवश्यक सम्पुर्ण संरचना भएको प्रदेशको अस्थायी राजधानी विराटनगरलाई नै स्थायी राजधानी तोक्न माग गर्दै सर्वपक्षिय भेलाले भेषप्रसाद धमलाको नेतृत्वमा राजधानी दबाब समिति गठन गरेको छ ।