विराटनगरको अनिस्चितकालिन बन्द फिर्ता (भिडियो सहित)

विराटनगरको अनिस्चितकालिन बन्द फिर्ता (भिडियो सहित)

विराटनगर २३ वैसाख । विराटनगरलाई स्थायी राजधानीको संरचना विवाद छलफल र संवादका माध्यमबाट टुंगो लगाउने सहमति बनेपछि सोमबार दिनभर गरिएको बन्द आब्हान साँझबाट फिर्ता भएको जनाएको छ ।
विराटनगरलाई एकीकृत रुपमा राजधानी बनाउनु पर्ने माग राखेर प्राध्यापक डा. भेषप्रसाद धमलाको संयोजकत्वमा दबाब समिति गठन गरेर अनिश्चितकालिन बन्दको आब्हान गरिएको थियो । दबाब समितिका सह–संयोजक एवं नेकपा केन्द्रीय सदस्य महेश रेग्मीले बन्द फिर्ता लिइएको बताएका छन् ।
प्रदेश १ को स्थायी राजधानी विराटनगर बनाइने र कार्यपालिका तथा व्यवस्थापिकालगायत अन्य संरचना बृहत् विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैँचा आसपासमा निर्माण गर्ने प्रस्ताव नेकपाले प्रदेश सभामा हिजो दर्ता गरेपछि त्यसको विरोधमा आन्दोलन सुरु भएको थियो ।
सोमबार विहान ८ बजेदेखि विराटनगरका सडकहरुमा एका एक बन्दकर्ताहरु हडताल गर्न देखिए । हातमा बासका लठठी बोकेर बन्द आह्वान गर्दै सडकमा कुदिरहेका सवारी साधनलाई रोकेका रोकेका थिए ।

विराटनगरको कंचनबारीको मुख्य चोकमा वडा नम्बर ३ का वडा अध्यक्ष विनोद बस्नेतले नै बन्दको नेतृत्व गरिरहेका थिए । आमसर्वसाधरणले विराटनगरमा लामो समयपछि बन्दको प्रभाव खेप्न बाध्य भए ।
बन्दका कारण बाहिरबाट आँउने र विराटनगरबाट बाहिर जाने यात्रुले सास्ती खेप्न वाध्य भएका थिए । उनीहरुले मोटरसाईकल , सिटी रिक्सा समेत चल्न दिएका थिएनन् ।
अनिश्चिनकालिन आम हड्तालले विराटनगरका महेन्द्र चोक , महाविर चोक , बरगाछी, कंचनबारी, पानी टंयाङकी लगायतबा विभिन्न स्थानमा बन्द गर्दै बन्दकर्ता आन्दोलनमा उत्रेका थिए । यता प्रदेश नम्बर एकको संसद सचिवालय बाहीर पनि बन्दकर्ता आन्दोलनमा उत्रेका थिए । बन्दकर्ताहरुले सांसद विरुद्ध पनि चर्को नाराबाजी गरेका छन् । विराटनगरलाई स्थायी राजधानी बनाउन शान्तिपूर्ण दबाब समितिको ब्यानरमा भएको हडतालले विराटनगरको यातायात ठप्प मात्र भएन प्रदर्शनकारीहरूले सडकमा टायर बालेर प्रदर्शन समेत गरेका थिए ।

यस्तो यस्तो थियो दिनभरीको विराटनगरको अबस्था

https://www.facebook.com/ourbrt/videos/297968207816402/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्