मदिराको मातमा १२ बजे राति शिक्षक आफ्नै विद्यार्थीको कोठामा पुगेपछि…

मदिराको मातमा १२ बजे राति शिक्षक आफ्नै विद्यार्थीको कोठामा पुगेपछि…

सिन्धुली, २४ बैशाख । दुई बालिकालाई मदिरा सेवन गरी रातको साढे १२ बजे कोठामा गई यौन दुव्र्यवहार गर्ने एक शिक्षकविरुद्ध जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा मुद्दा दर्ता भएको छ ।

बाल सञ्जालको सक्रियतामा फिक्कल गाउँपालिका वडा नंं ३ घर भई सोहि ठाउँको माध्यमिक विद्यालय रातमाटा खोलागाउँमा प्राथामिक तहमा पढाउने शिक्षक ४५ वर्षीय चिरञ्जीवी पहाडीलाई बाल यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आइतबार मुद्दा दर्ता भएको हो ।

शिक्षक पहाडीलाई उनैले पढाएका १४ र १५ वर्षका पूर्वछात्राहरुलाई दुव्र्यवहार गरेको आरोप लागेको छ ।

पीडित बालिकाहरुका बाबु तथा फुपाजुसँग बसी पीडितकै घरमा मदिरा सेवन गरेको र बाबु अर्धचेत अवस्थामा लडेपछि बालिकाहरु सुतेको कोठामा गई ढोका खोल्न लगाई दुव्र्यवहार गरेको भन्दै पीडितले मुद्दा दिईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्र बहादुर सिंहले बताए ।

पीडक पहाडी फरार रहेको र सो घटनाको अनुसन्धान सुरु गरिएको सिंहले जानकारी दिए । उनका अनुसार घटनाको बारेमा बैशाख १४ गते नै वडाध्यक्ष टेक बहादुर रजन मगरलाई पीडित पक्षले लिखित जानकारी गराएका थिए । घटनामा राजनीतिक दवाव आएको र उचित छानविनमा समस्या भएको एसपी सिंहले बताए ।

एसपी सिंहका अनुसार बालिकाहरुले हार गुहार गरेपछि गाउँलेहरु जम्मा भएपछि पहाडी भागेको घटनास्थल अध्ययनबाट खुल्न आएको थियो ।

उनले भने, ‘पीडितले जिल्ला प्रहरी कार्यालयमा शुक्रबार नै मुद्दा ल्याएका थिए, घटना शंकास्पद लागेपछि स्थलगत पुगेर अनुसन्धान गरेपछि मात्र मुद्दा दर्ता गरिएको छ ।’ राजधानी दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्