प्रदेश सभाको तेश्रो अधिवेशन ३० घण्टा १९ मिनेट चलेर अन्त्य, महत्वपुर्ण उपलब्धि स्थायी राजधानी

प्रदेश सभाको तेश्रो अधिवेशन ३० घण्टा १९ मिनेट चलेर अन्त्य, महत्वपुर्ण उपलब्धि स्थायी राजधानी

विराटनगर, २५ बैशाख ।
प्रदेश सभाको तेस्रो अधिवेशनको अन्त्यसँगै प्रदेश सभामा ३५ बैठकमा ४० पटक बैठक बसी जम्मा ३० घण्टा १९ मिनेट संसदीय काम कारवाही भएको छ । प्रदेश सभाको पहिलो बैठक गत माघ २० गते प्रारम्भ भई सोमबार मध्य रातमा अन्त्य भएको हो ।

यसै अधिबेशनबाट प्रदेश नं. १ को प्रदेश सभा नियमावली, २०७४ को दफा १३४ बमोजिम ७ वटा बिषयगत समितिले सभापति पाएको छ । ति समितिहरुले काम समेत शुरु गरिसकेका छन् । त्यस्तै प्रदेश सभाले तेश्रो अधिबेशनमा गरेको महत्वपुर्ण काम भनेको प्रदेशको स्थायी राजधानीको प्रस्तावलाई बहुमतले पारित गरेको छ । प्रदेश सभा नियमावली, २०७४ को दफा ५८ बमोजिम प्रदेशले स्थायी राजधानी प्रप्त गरेको हो ।
प्रदेश सभामा धेरै बिधेयकहरु दर्तामा आएको संसद सचिवालयले जनाएको छ । दर्ता भएका बिधेयकहरुमा प्रदेश पर्यटन विकास सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक, २०७५, प्रदेश नं १ को प्रदेश सभा ( पहिलो संशोधन ) नियमावली, २०७५, प्रदेश आर्थिक कार्यविधि (पहिलो संशोधन ) विधेयक, २०७५, जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धि ऐन २०७५ लाई संसोधन गर्न बनेको विधेयक, २०७५ पनि यसै अधिबेशनमा दर्ता भएको थियो । त्यस्तै गाउ तथा नगर सभाका सदस्यहरुको सुविधा सम्बन्धि ऐन २०७५ लाई संसोधन गर्न बनेको विधेयक, २०७५, प्रदेश विपद व्यवस्थापन ऐन २०७५ लाई संसोधन गर्न बनेको विधेयक, २०७५, वृहत विराट विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ तेश्रो अधिबेशमा पेश भएका बिधेयकहरु हुन् ।
दर्ता भएका समितिमा ४ वटा बिधेयकहरुमा छलफलको लागि गएको छ । ति बिधेयकहरुमा प्रदेश विधुत सम्वन्धी विधेयक, २०७५, प्रदेश भवन सम्वन्धी विधेयक, २०७५, प्रदेश सहकारी सम्वन्धी विधेयक, २०७५ र प्रदेश पर्यटन विकास सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ समितिमा गएका बिधेयकहरु हुन् ।
दर्ता हुन आएका र समितिमा गएका बिधेयकहरु मध्ये तेश्रो अधिबेशनबाट प्रदेश सभाले प्रदेश नं १ को प्रदेश सभा ( पहिलो संशोधन ) नियमावली, २०७५लाई पारित गरेकोछ । त्यस्तै प्रदेश सुशासनको प्रत्याभुती गर्ने सम्बन्भमा व्यवस्था गर्न वनेबो विधेयक, २०७५, प्रदेश सभा सचिवलय सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक,२०७५ र प्रदेश आर्थिक कार्र्यिवधि ( पहिलो संशोधन ) विधेयक, २०७५ लाई पारित गरेको छ । त्यस्तै प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, वृहत विराट विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ र प्रदेश विपद व्यवस्थापन ऐन २०७५ लाई संसोधन गर्न बनेको विधेयक, २०७५लाई पनि प्रदेश सभाले पारित गरेको प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्