विराटनगरका चर्चित बाल रोग विशेषज्ञ डा. विमल अग्रवाललाई हृदयघात, अबस्था चिन्ताजनक

विराटनगरका चर्चित बाल रोग विशेषज्ञ डा. विमल अग्रवाललाई हृदयघात, अबस्था चिन्ताजनक

विराटनगर,२५ बैशाख ।   विराटनगरका चर्चित बाल रोग विशेषज्ञ डा. विमल अग्रवाललाई हृदयघात भएको छ। ६ वर्षदेखि कोसी अस्पतालमा कार्यरत अग्रवालको अवस्था चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

मंगलबार उपचारका लागि नोबेल शिक्षण अस्पतालमा भर्ना भएका उनकाे  उपाचारका क्रममा इसीजी गर्दा केही असहज देखिएपछि इको गरिएको थियो। इकोका क्रममा मुटुको धमनी अवरुद्ध रहेको देखिएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोखरेलले जानकारी दिए।

अग्रवालका निकटस्थ डा. पोखरेलेका अनुसार बुवाको एन्जियोग्राफी गर्न नोबेल लैजाने भनेर डा. अग्रवालले अस्पतालबाट बिदा स्वीकृत गराएका थिए। आफ्नो स्वास्थ्य अवस्थाका बारेमा पनि उनले आफ्ना निकटस्थ चिकित्सकलाई जानकारी गराएका थिएनन्। अरु बेला भन्दा उनले एक महिनादेखि भिन्न व्यवहार देखाउँदै आएको पोखरेलको भनाइ छ। साथीभाइसँग धेरे घुलमिल नगर्ने, पत्रपत्रिका पढेर टोलाइरहने जस्ता व्यवहार अग्रवालले देखाउँदै आएको चिकित्सकहरुको भनाइ छ।  डा. पाेखरेलका अनुसार  काेमामा गएपछि उनकाे हाेस नै आएकाे छैन । हाेस नआएका उनकाे अबस्था एकदमै कमजाेर भएपछि चिकित्सक अन्तिम प्रयासमा छन् ।

नोबेल अस्पतालका अनुसार भेन्टिलेटरमा राखेर उपचार गराइरहेका डा. अग्रवालको ब्रेनडेड भइसकेको छ। नोबेल अस्पतालमा अहिले अग्रवालका परिवारसहित विराटनगरका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, आफन्त,  शुभचिन्तक र विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिको भीड लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्