विराटनगरको विराट नर्सिङ होममा पहिलो पटक पिसाबको नलीबाट पत्थरीको उपचार

विराटनगरको विराट नर्सिङ होममा पहिलो पटक पिसाबको नलीबाट पत्थरीको उपचार

विराटनगर, २५ वैसाख । विराटनगर –३ मा रहेको विराटनगर अस्पताल (विराट नर्सिङ होम) ले प्रदेश नम्बर एकमा पहिलो पटक बिना चिरफार पत्थरीको शल्यक्रिया गराउने भएको छ । अस्पतालले ‘आर.आई.आर.एस.’ प्रविधिबाट पत्थरीको शल्यक्रिया वैशाख २८ गतेदेखि शुरु गर्ने अस्पतालले जनाएको छ ।

आर.आई.आर.एस. प्रविधिबाट विना चिरफार पत्थरी भएका बिरामीहरूको शल्यक्रिया गरिने विराट नर्सिङ होमका युरोलोजी विभागका डा.जुबिन सिलवालले बताए । ‘आर.आई.आर.एस. प्रविधिबाट १० देखि १५ एमएमसम्मको पत्थरी भएका बिरामीका शल्यक्रिया गर्न सकिने सिलवालको भनाई छ ।
आर.आई.आर.एस. प्रविधिबाट पत्थरी भएका बिरामीको पिसाबनलीबाट किड्नीसम्म पुर्याएर भित्रै पत्थरी फोड्ने गरेको डा. सिलवालले बताए ।
अस्पतालले पत्थरी फोड्ने लेजर मेसिन ५० लाख र दूरबिन ४० लाख रुपैयाँमा खरिद गरेको हो । अस्पतालले यस प्रविधिबाट उपचार गर्ने बिरामीहरूको १ महिनासम्म ५० प्रतिशत छुटको योजना समेत ल्याएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्