बिमल अग्रवाल अपडेट : स्वास्थ्य अवस्था नाजुक बन्दै

बिमल अग्रवाल अपडेट :  स्वास्थ्य अवस्था नाजुक बन्दै

विराटनगर, २५ वैशाख । कोशी अस्पतालका बालरोग विशेषज्ञ डाक्टर बिमल अग्रवाललाई मस्तिष्क घात भएको छ । हिजो अचानक हृदयघात भएर नोवेल शिक्षण अस्पताल पुगेका  डाक्टर अग्रवाललाई उपचारका क्रममा मस्तिष्क घात भएको हो ।

डा.अग्रवालको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उपचारका क्रममा इसिजी गर्दा केही असहज देखिएपछि डा. अग्रवालको एन्जिओप्लास्टिक र इको गरिएको थियो । चिकित्सकका अनुसार एन्जियोप्लाष्टिक गर्दा मुटुको एउटा धमनी अवरुद्ध देखिएको थियो । उनलाई मस्तिक्क घातको आशंकामा सिटी स्क्यान गर्दा नर्मल देखिए पनि पछि एमआरआई गरेपछि  मस्तिस्क घात भएको पत्ता लागेको छ ।

छाती भारी भएपछि आफै गाडी चलाएर श्रीमतीसहित अस्पताल पुगेका डा. अग्रवालको उपचारको क्रममै मस्तिक्क घात भएको चिकित्सकहरुले बताएका छन् । उपचारको क्रममा विरलै मात्र मस्तिस्कघात हुने चिकित्सकहरु बताउँछन् । डा. अग्रवालको विराटनगरका दर्जनौ विशेषज्ञ डाक्टरको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । बेलैमा रोगको पहिचान गरेर डाक्टरले उपचार नगर्दा अग्रवालको अवस्था गम्भीर भएको विरामीका आफन्तहरुको भनाइ छ । आफन्तहरुले चिकित्सकहरुले उपचारमा लापरवाही भएको आरोप लगाएका छन् ।

उता, नोवेल अस्पतालका चिकित्सकहरुले अग्रवालको उपचारमा लापरवाही नभएको दाबी गरेका छन् । उपचार सुरु गर्दागर्दै मस्तिस्कघात भएकोले अवस्था जटिल भएको अस्पतालका मुटुरोग विशेषज्ञ डा. राजेश नेपालले जानकारी दिए । आफन्तले राति नै हेलिकप्टरमा काठमाडौ लाने तयारी गरेका थिए ।

तर, राति हेलिकोप्टर उड्न नसक्ने भएपछि त्यो पनि सम्भव भएको थिएन । हिजोको भन्दा आज अवस्था झनै जटिल बनेपछि विराटनरबाट बाहिर लाने अवस्था पनि नभएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । विराटनगरमा एयर एम्बुलेन्सको उडान अनुमति नभएका कारण पनि डा. अग्रवाललाई भारतका ठूला अस्पतालमा लान नसकिएको परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्