विग्रिएको देशलाई ट्रयाकमा ल्याउने काम कांग्रेसले मात्र गर्छ : सिटौला

विग्रिएको देशलाई ट्रयाकमा ल्याउने काम कांग्रेसले मात्र गर्छ : सिटौला

विराटनगर, २६ बैशाख ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बिग्रदै गएको देशको राजनीतिक अवस्थालाई सही ट्रयाकमा ल्याउने पार्टी नेपाली कांग्रेस मात्रै भएको बताएका छन् ।

विराटनगरमा भएको नेपाल दलित संघको ५ औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारको कार्यशैलीप्रति इंगित गर्दै देशको सार्वभौम शक्ति जनता भएकाले अहिले आएको परिवर्तन जनताका लागि भएको भन्दै कुनै पार्टी विशेष र व्यक्तिका लागि नआएको बताए ।
उनले विग्रदै गरेको देशको अवस्थालाई सहि दिशामा हिडाउन कांग्रेस एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताए । नेपालको राजनीतिको केन्द्रीय वृत्तमा सिद्धान्तभन्दा नीजि स्वार्थ हावी भएको उनको भनाई छ ।
यस्तै कार्यक्रममा बोल्दै आमन्त्रीत केन्द्रीय समस्य हसन अन्सारीले दलितहरुको हक अधिकार स्थापीत गर्न कांग्रेस पछि नपर्ने बताए ।

दलित नेताहरुले सामाजिक, आर्थिक रुपमा दलितहरु पछाडि रहेको बताएका थिए । नेपाललाई २०६३ सालमा नै छुवाछुत मुक्त राष्ट्र घोषणा गरेपनि अहिले पनि व्यवहारमा लागू नभएको उनीहरुको गुनासो थियो । उनीहरुले नेपाली कांग्रेसको हरेक तह र तप्कामा उचित स्थान दिनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्