विराटनगरमा रात्रिकालीन व्यवसाय समस्याबारे व्यवसायीद्वारा महानगरकी कार्यवाहक प्रमुखलाई ज्ञापनपत्र

<span class='c1'>विराटनगरमा रात्रिकालीन व्यवसाय समस्याबारे व्यवसायीद्वारा</span> <span class='c2'>महानगरकी कार्यवाहक प्रमुखलाई ज्ञापनपत्र</span>

विराटनगर । होटल, रेस्टुरेन्ट तथा बार व्यवसायीहरू र साझा पहल समूहले विराटनगर महानगरपालिकाकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीलाई भेटेर रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा देखा परेका समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। रात्रिकालीन व्यवसाय सञ्चालनका लागि प्रशासनले तोकेको समयसीमा र प्रहरी प्रशासनको धरपकडप्रति उनीहरूले गम्भीर ध्यानाकर्षण गराएका हुन्।

जिल्ला प्रशासन कार्यालय मोरङले होटल, रेस्टुरेन्ट, गजल, स्पा, क्लब तथा लउन्जजस्ता रात्रिकालीन व्यवसायहरू राति १०:०० बजेभित्र गेट बन्द गर्नुपर्ने र १०:३० बजेभित्र ग्राहक बिदा गरिसक्नुपर्ने गरी तोकेको सर्त व्यावहारिक नभएको व्यवसायीहरूको भनाइ छ। चाडपर्वको मुख्य समयमा यस्तो कडा नियम लगाउँदा व्यवसायीलाई ठूलो आर्थिक नोक्सानी हुनुका साथै व्यवसाय गर्ने स्वतन्त्रतामा समेत आघात पुगेको उनीहरूले बताएका छन्।

व्यवसायीहरूले ज्ञापनपत्रमार्फत गत कात्तिक १७ गते राति विराटनगर वडा नं. ३ स्थित ‘फिल गुड एण्ड ग्रिल प्रा.लि.’ मा भएको प्रहरी हस्तक्षेपप्रति तीव्र रिस प्रकट गरेका छन्। महानगरपालिका र प्रशासनबीच निश्चित समयसम्म व्यवसाय सञ्चालन गर्न दिने समझदारी भए तापनि प्रहरीले बिनाकारण र बिनासूचना राति ११:३० बजे नै प्रवेश गरी सञ्चालक निर्जलकुमार श्रेष्ठसहित दुई जना कर्मचारीलाई पक्राउ गरेर रातभर थुनामा राखेको घटनाले व्यवसायीहरू त्रसित बनेको उल्लेख गरिएको छ। तोकिएको समयसीमाभन्दा अगावै प्रहरीले हस्तक्षेप र धरपकड गर्दा भयभीत वातावरण सिर्जना भएको व्यवसायीहरूको भनाइ छ।

साझा पहल समूहका संयोजक वसन्त अधिकारीसहित उपस्थित व्यवसायीहरूले रात्रिकालीन व्यवसायलाई सुरक्षित, मर्यादित र भयमुक्त वातावरणमा सञ्चालन गर्न महानगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने माग गरेका छन्। उनीहरूले राति १२:०० बजेसम्म व्यवसाय सञ्चालन गर्न दिनुपर्ने र प्रहरीको अनावश्यक धरपकड तुरुन्त बन्द हुनुपर्नेमा जोड दिएका छन्। ज्ञापनपत्र बुझ्दै कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीले व्यवसायीहरूले उठाएका समस्याबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै सम्बन्धित निकायसँग छलफल गरी उचित निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्