विराट अस्पतालमा अर्धचेत भएका ब्यक्तिको कार्डियो प्लमोनरी रिसोसिएशन प्रविधिद्धारा सफल उपचार

विराट अस्पतालमा अर्धचेत भएका ब्यक्तिको कार्डियो प्लमोनरी रिसोसिएशन प्रविधिद्धारा सफल उपचार

विराटनगर, २६ बैशाख ।
विराटनगर अस्पतालले दुहबी ५ सुनसरी घर भएका ५२ बर्षीय अशोककुमार जैसवालको सफल उपचार गरेको छ ।
बैशाख १२ गते अर्धचेत अवस्थामा अस्पताल आएका जैसवालको अस्पतालले कार्डियो प्लमोनरी रिसोसिएशन प्रविधिद्धारा सफल उपचार गरेको हो ।

अस्पतालका क्रिटिकल केयरका विशेषज्ञ डाक्टर ललितकुमार राजवंशीको नेतृत्वमा ४ जनाको विशेषज्ञ टोलीले जैसवालको उपचार गरेको हो । शरीरमा कार्वोनडाइअक्साइडको मात्रा अत्यधिक भई चेतना गुमेको अवस्थामा आइपुगेका जैसवालको मुटुको चाल बढाउन सिपिआर र मुटुमा विद्युतीय झट्का दिइएपछि उनको मुटुको गति सामान्य अवस्थामा फर्किएको डाक्टर ललितकुमार राजवंशीले बताए ।
अस्पतालबाट डिस्चार्ज भएर जान लागेका जैसवाल दम्पतीले उपचारमा केही छुटको व्यवस्था गरिदिन अस्पताल प्रशासनसँग आग्रह गरेका थिए । साथै मुटु सम्बन्धि घरेलु उपचार पद्धतीको बारेमा बिराटनगर अस्पताल प्रालिले निशुल्क प्रशिक्षण दिने भएको छ । यस सम्बन्धि सचेतनाका लागि आम सेवाग्राहीलाई बुझाउन पटक पटक प्रयास गर्न पनि सहज नभएपछि अब सचेतनाका लागि बिधिन्न समुह, संस्था तथा बिभिन्न क्लबहरुसँग मुटु सम्बन्धि सचेतना दिन लागिएको अस्पताल प्रशासनले जनाएको छ ।

पत्रकार सम्मेलन गर्दै अस्पतालले अहिलेसम्म सेवाग्राहीलाई मुटुको समस्या र तत्काल गर्नु पर्ने उपचार तथा त्यसको संरक्षणको बारेमा जानकारी दिने तयारी अस्पतालको छ । समुहमा आएका जो कोहीलाई पनि मुटु सम्बन्धि समस्याको बारेमा निशुल्क सचेतना दिईने अस्पतालले जनाएको हो । (मकालु टेलिभिजन समाचार)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्