प्रेम देवान
विराटनगर २६ वैसाख ।
धरान विराटनगर सडक खण्ड अन्र्तगत मुनाल पथ स्थित स्थानियवासीले सडक अवरोध गरेका छन् । छ लेनको सडकको साईड रोड र नाला समय मै निर्माण नगरिएको भन्दै स्थानियवासीहरु लामो समयदेखी धुलो खान वाध्य भएका कारण बिहिबार सडक नै जाम गरेका थिए ।
विच बाटो मै डोरी, वास , टेवल कुर्सी जस्ता सामाग्री राखेर यातायता अवरुद्ध पारेका थिए । विहान ९ बजेदेखि गरिएको सडक जाम करिब एक घन्टा सम्म सडकमा सवारी साधन चल्न दिएका थिएनन् ।
पटक – पटक हामीले सम्बन्धीत निकायलाई खबर गरेका थियौ, तर कुनै सुनवाई नै नगरेका कारण वाध्य भएर सडक जाम गर्नु परेको स्थानिय भोला न्यौपानेले बताए । रोड छेउमा मै पसल छ, धुलो उडेको उडै गर्छ, पानी छर्कनु पर्यो भनेर बारम्बार आग्रह गर्दा पनि कुनै चासो नदिने आज हामीले वाध्य भएर सडक अवरोध गर्नु पर्यो । सडक जाम कारण स्कुलका बसलाई सबैभन्दा समस्या परेको थियो । संयौको संख्यामा निस्कीएका स्थानियवासीले महानगरपालीका र ठेक्का लिने कम्पनी विरुद्ध नारा बाजी समेत गरेका थिए । स्थानियवासीले सवारी साधन अवरोध पुर्याएको भन्दै प्रहरीले धरपक्कड गर्दै सडक अवरोध खुलाएको थियो । जिल्ला प्रहरी कार्यलय मोरङ र वडा प्रहरी कार्यलयबाट आएको प्रहरी र स्थानिय विच केही वेर धरपक्कड समेत भएको थियो ।
यता वडा नम्बर २ का वडा अध्यक्ष कुमार पोखरेलले भोलीले स्थानियवासीसँग छलफल गरेर समस्याको समाधान गर्ने भने पछि सडक अवरोध स्थगित गरेको थिए ।